मुना पाण्डेकी आमालाई आकस्मिक प्रवेशाज्ञा जारी गर्न नेपालस्थित अमेरिकी दूतावासलाई पत्रचार गरिएको राजनितिज्ञ एड्रियन पोखरेलले बताएका छन्।
गत सोमबार टेक्सस ह्यूयटनमा हत्या भएकी मुना पाण्डेकी आमा अनिता पाण्डे अधिकारीलाई आकस्मिक प्रवेशाज्ञा( ईमर्जेन्सी भिसा) उपलव्ध गराउन विशेष अनुरोध सहित अगस्त ३० शुक्रवार १२ बजे अगाडी पठाएको पोखरेलले बताए।
पोखरेलका अनुसार बिहानै मात्र आमा अनिता पाण्डेको कागजात आएकोले सबै तयारी पूरा गरि तु काम गरि पठाईएको बताए ।
पोखरेलका अनुसार उनले टेक्ससका सिनेटर टेड क्रुज , भर्जिनियाका सिनेटरहरु मार्क वार्नर, टिम केनसॅगको समन्वय गरेको बताए । यस्को पहल युएनपिएसि अर्थात युनाईटेड नेपाली पोलिटिकल एक्सन लगायत सम्पूर्ण नेपाली समुदायले गरेको हो । यो सॅस्थाका सॅस्थापक एड्रियन पोखरेल हुन्।
उनले पत्रचार गरे पछि सबैजनालाई बोधार्थ दिएको बताए । ह्युसटनकै नेपाली सॅस्थाका नेतृत्वले उनलाई आग्रह आएकोले पहल गरिएको हो , उनले ईनेप्लिजलाई भने ।
ममताको आमा र दाजुको लागि डिसी महानगर क्षेत्रका सम्पूर्ण नेपाली समुदायको सयुक्त पहलमा आकस्मिक प्रवेशाज्ञा दिलाईएको हो । दुबैजना अमेरिका आई सकेका छन्।
प्रतिक्रिया