एफबीआईले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासको अनुसन्धानको बारेमा थप जानकारी दिएको छ । एफबिआइले झण्डै एक हजार अन्तर्वार्ता लिएको बताएको छ । ट्रम्पको हत्या प्रयासको कारण अझै रहस्यमय रहेको एबिसीन्यूजले जनाएको छ ।
एफबीआईले झण्डै एक हजार अन्तर्वार्ता लिएको बताएको छ ।
एफबीआईले अमेरिकाको पेन्सिलभेनिया राज्यको बटलरमा रहेको आफ्नो आमसभामा गत जुलाई १३ मा पूर्व राष्ट्रपति ट्रम्पको हत्या प्रयास गर्ने संदिग्ध बन्दुकधारीको मानसिकताको बारेमा विस्तृत विश्लेषण प्राप्त गर्न सकेको अधिकारीहरूले बुधबार बताएका छन् ।
बुधवार दिउँसो संचारकर्मीहरु संगको सम्मलेनमा एफबीआईले गोलाबारीको अनुसन्धानको भागको रूपमा झन्डै १,००० अन्तर्वार्ताहरू सञ्चालन गरेको, धेरै खोजी वारेन्ट(पक्राउ र खोजी पूर्जी)हरू, र सयौं घण्टाको असम्पादित श्रब्यदृश्य(भिडियो ) तथा छायाचित्रको विश्लेषण गरेको बताएको छ।
आक्रमण हुनु अघि ३० दिनमा थोमस म्याथ्यु क्रुक्सले “पूर्व राष्ट्रपति ट्रम्प र राष्ट्रपति जो बाइडेनसँग सम्बन्धित ६० भन्दा बढी खोजीहरू” गरेको एफबीआईले जनाएको छ।
एफबीआईले बुधवार एउटा तस्विर जारी गरेको छ । जसमा उनको गाडी भित्र विस्फोटक उपकरण देखाइएको छ ।
प्रतिक्रिया