अमेरिकाको राजधानी वाशिंगटन डिसीमा नालामा बन्दुक खोज्ने क्रममा संयोगवस एक प्रहरीको बन्दुकबाट आफै गोली चल्दा प्रहरीको मृत्यु भएको छ । प्रहरीले नामला अर्थात् खाडलमा संदिग्ध ब्यक्तिले फ्याकेको बन्दुक खोज्नेक्रममा प्रहरीको ज्यान गएको डिसी महानगर प्रहरीले बताएको छ ।
वेन डेभिड नामका प्रहरीको बुधवार साँझ मृत्यु भएको छ । उनले बनालीबाट हतियार निकाल्ने प्रयास गर्दा आकस्मिक आत्म-घाती बन्दुकको गोली लागेर मृत्यु भएको प्रहरीले घोषणा गरेको छ।
प्रहरी अधिकारीहरूले शंकास्पद गाडीलाई पछ्याउने क्रममा संदिग्ध व्यक्ति २९५ राजमार्गमा तुफान जाने क्रममा उनले बन्दुकलाई नालीमा फ्याकेका थिए । त्यसपछि आरोपी भटभटे (मोटरसाइकल)को पछाडिबाट भागेका थिए ।
डेभिड प्रहरी बलका २५ बर्षिय अनुभवी प्रहरी थिए । अन्य प्रहरी अधिकारीहरूले उनलाई सहायता गरे र डेभिडलाई स्थानीय अस्पतालमा लागिएको थियो।
महानगर प्रहरी विभागका प्रमुखले एक विज्ञप्ति जारी गरेका छन् । उक्त बिज्ञप्तिमा भनिएको छ, “महानगरीय प्रहरी विभागमा अन्वेषक डेभिडको सेवाको लागि म सधैं आभारी रहनेछु र उनको जीवनलाई कहिल्यै बिर्सने छैन।”
प्रहरीले बन्दुक हान्ने संदिग्ध व्यक्तिलाई अझै खोजिरहेको छ। उक्त व्यक्तिले भटभटे (मोटरसाइकल )चालकलाई चिनेको कुनै सङ्केत नभएको बताएको छ। विभागले संदिग्धको तस्बिर जारी गरेको छ।
प्रतिक्रिया