कसरी सृजना हुँदैछ प्रवासको नेपाली समाजमा ममता हराउने अवस्था ?

इनेप्लिज २०८१ भदौ १२ गते ११:१८ मा प्रकाशित

डा जगन कार्की ,बेलायत

गत साता अमेरिकाको भर्जिनिया राज्यको मनासास शहरमा बेपत्ता भएकी १ बर्षकी काखे छोरीकी आमा ममता काफ्ले बेपत्ता भएको अकल्पनीय र दुःखद घटनाले नेपाली समुदाय सोकमा डुबेको छ । बेपत्ता बनाएको आरोपमा उनका पति जेलमा थुनिएका छन ।

घटना हेर्दा रूपमा पतिको ख़राब मानसिक स्वास्थ्यको उपज जस्तो देखिएपनि यसलाई निरपेक्ष रूपमा बुझिनू गलत हुन जान्छ । यो घटना पतिपत्नीको मनमुटाव र असमझदारी बीच जबरजस्ती साथसाथै अघि बढ़न खोज्ने अस्वस्थ अभ्यास, फ़ितलो माध्यमबाट गरीने बिवाह, पारिवारिक बेमेल, ग्रिन कार्ड र पीआरको माध्यमबाट लादीने दासवत्व, बढ़ीरहेको प्रवासमा बढ़ीरहेको नेपाली समाज र हुर्कीरहेका सामाजिक सांस्कृतिक अन्योल र बिकृतिहरु समग्रताको उपज जस्तो देखिन्छ ।

घटना हेर्दा रूपमा पतिको ख़राब मानसिक स्वास्थ्यको उपज जस्तो देखिएपनि यसलाई निरपेक्ष रूपमा बुझिनू गलत हुन जान्छ ।

जसरी यो घटनाले यातिका धेरै चर्चा पायो, नेपालमा आज मात्र झापामा १६ वर्षीय बालिकालाई एकै रात छुट्टाछुट्टै स्थानमा सामूहिक बलात्कार भएको घटना र यसै साता झापामा एक श्रीमानले श्रीमतीको हत्या गरेका समाचार ख़ास चर्चा चलेनन ।

यसको पछि सामाजिक संजालमा भाइरल बन्न चाहने पात्रहरु द्वारा अनावश्यक महत्व दिनु देखिन्छ । यो घटना स्थानीय समाज, सरोकारवाला र परिवारका सदस्य बाहेकले यतिधेरै ध्यान खिचिनू ज़रूरी थिएन ।

के पोस्ट गर्दा उचित छ के छैन भन्ने चेत बिना गम्भीर घटनामा न्यायाधीस बनेर अनावश्यक अंतर्वर्ता र वार्ता गर्नेकाम उचित देखिन्न । बिकसित देशमा अपराध अनुसंधान गर्न प्रहरी, प्रशासन काफ़ी हुन्छन । यो घटनामा प्रहरीले नै चक्कू किनेको ठाऊँ देखी गाड़ी सफ़ा गर्न किनेको क्लिनिंग समानको अनुसंधान गर्दै आरोपित अपराधी उनकै पति नजिक पूगेको पाईयो । संगै काम गर्नेहरुको चासोले हराएको घटना प्रहरी सम्म पुगेको छ । घटनाको अनावश्यक भिड़ियो बनाएर १०० ठाऊ शेयर गर्दै हिड़नुले त्रास र नकारामत्कता फैलिको छ । कसैको मृत्युलाई आफू भाईरल बन्ने हतकण्डा बनाऊनु कुन हदको ज़िम्मेवारीपन हो? यो अघि मानवीय हृदयले सोचबिचार गर्नुपर्ने समय आएको छ । अमेरिका या प्रवासका बिकसित देशमा बसेर मीडियामा र सामाजिक संजालमा गरिने हर्कतले अन्तरास्ट्रिय रूपमा इज्जतको धज्जी उड़ने कुरा ख़्याल गरौ । पतिले हत्या गरेको हो की हैन , लाश भेटिएको छैन , यथार्थ भएको के हो प्रहरीले अनुसंधान गरीरहेको छ तर टिकटक र संजालका बिज्ञले घटनाको दोसी को, कसरी भएको , सारा निस्कर्ष निकाली सकेका छन ।

घटनाको अनावश्यक भिड़ियो बनाएर १०० ठाऊ शेयर गर्दै हिड़नुले त्रास र नकारामत्कता फैलिको छ । कसैको मृत्युलाई आफू भाईरल बन्ने हतकण्डा बनाऊनु कुन हदको ज़िम्मेवारीपन हो?

ममताको घटनामा सारमा मानसिक स्वास्थ्यको हेलचेक्र्याई र बैवाहिक जीवनको अभ्यासमा जे पनि सहेर बस्ने परंपरागत ढोंगले मुख्य भूमिका खेलेको देखिए पनि समग्रमा बिकृत सांस्कृतिक, सामाजिक अभ्यासको गठ जोड़ले निम्तिएको देखिन्छ । यस्ता घटनाहरुलाई सामाजिक संजालका स्टंट र नकारात्मक अभ्यास हरुले अझ उत्प्रेरित गरिरहेका छन ।

जसरी नेपालमा बस्ने केही व्यक्तीहरुले ममताका पति नरेश भट्ट विदेशमा बस्ने एक पीआर वाला नेपाली पुरुष हो। उ एक अपराधी हो। त्यसैले विदेशमा बस्ने सबै नेपाली पुरुष अपराधी हुन्छन भन्ने गलत भास्य सवित गर्न खोजियो । उसै गरी बिदेसमा रहेकाले पनि एकाध घटनालाई हेरेर आतंकित बन्नु यस्तै परिवेसमा सफल जीवन यापन गरीरहेका ९९.९९ प्रतिशत अन्य प्रवासी परिवार हरुको अवमूल्यन हुन जान्छ ।एकाध ब्यक्तिहरुको दिमागी तार खुस्किएर हुने यस्ता घटना जहाँ पनि घट्न सक्छन् । यस्ता जघन्य अपराधको जड मानसिक समस्या हो। यसको लिंग, वर्ण, धर्म , जात र देश हुन्न । जसलाई मलजल गर्ने हाम्रा देखावटी ढोंगले धेरै काम गरेका हुन्छन। घरमा हानाहान सामाजिक संजालमा टप्प मिलेको देखाउने प्रब्रिति पनि ज़िम्मेवार छ । पिआर ग्रिन कार्ड हुने जो सुकै फुड़ो , बुडो , साइको जे भए पनि छोरी दिने , पुरुष पनि जाने, केटाकेटीले पनि आँखा चिम्लेर स्वीकार गर्ने अभ्यास घातक हो । जीवन संगै जिउने, सहअस्थित्व बोध र समझौताका कुरा हुन सोचेर , बुझेर मात्र गर्नु अवस्यक देखिएको छ ।

अर्को पक्ष परम्परागत सासुहरुले प्रवासमा बुहारी सुत्केरी हुँदा आफूले गाऊँमा दुख पाएकाले र नया ज्ञान, शिक्षा र चेतना नभएकोले विदेश गएर के गर्ने पत्तो हुन्न। उल्टा सुत्केरी, फ़ुल टायम काम गरीरहेका बुहारीबाट रेखदेख आस गर्न वहाँहरुको परंपरागत अनुभव र संस्कारले नै सिकाएको हुन्छ यसलाई मनन गरेर मात्र सुत्केरी स्याहारको अवधारणा लागु गर्नुपर्ने देखिन्छ। बिदेशमा त सरकारले सुत्केरी बिदा दिएको हुन्छ , सुविधा हुन्छ सुत्केरी आफ़ैले श्रीमान संग मिलेर बच्चा रेखदेख गर्न सक्षम हुन्छन परंपरागत वातावरणमा हुर्कीएका सासु, ससुरालाई बोलाएर बुहारीको सहयोग हैन दाइत्व्य बढ्ने गरेका धेरै उदाहरण छन्। सुत्केरीको १ बर्षको अवस्थामा महिलाको मानसिक अवस्था मुड स्विंग हुने अस्थिर र कोमल हुन्छ। यो बेला परिवारले तनाव दिने भन्दा सघाउने र बुझेकाले बुझाऊने प्रयास गर्नु ज़रूरी छ । ममताको केसमा पनि सासुको अमेरिका आगमन पछि उनिहरूको संबंधमा झन दरार आउनुको पक्षपनि एक कारक जस्तो देखिन्छ । यस्तै गरी यो परिवारमा प्रवास अमेरिका , सुदूर पश्चिम र बागमतीको संस्कृतिक पक्ष पनि बेमेल र द्वन्द हुन गएको देखिन्छ ।

सामाजिक संजालको बिक्रिति — काम, दाम परिवार छोड़ेर टिकटक, इंस्टामा भाइरल बन्नू पर्ने बिकृत संस्कृतिले पनि परिवार र मानसिक समस्या थपेको छ । प्रवासमा योगदान र हैसियत बिना चांडो मीडिया सेलिब्रेटी बन्ने सस्तो बाटोले पनि बिकृति बढ़ाएको छ । अर्को पक्ष नेपाल बाट प्रवासमा गए पछि पूरै बिदेशी बन्न खोज्ने या बिदेश र ग्लोबल संस्कृति प्रति अंतर्घुलन हुन नसक्नु दुबै मानसिक समस्याका जड़का रूपमा देखिएका छन ।

पिआर ग्रिन कार्ड हुने जो सुकै फुड़ो , बुडो , साइको जे भए पनि छोरी दिने , पुरुष पनि जाने, केटाकेटीले पनि आँखा चिम्लेर स्वीकार गर्ने अभ्यास घातक हो ।

बैबाहिक जीवन कसैले ग्रिन कार्ड देखाएर केटी या केटा फकाएको भए पनि यो पुरुष र महिला बीचको समझदारी हो । ग्रिन कार्ड , पीआर उपलब्ध गर्न मद्दत गरे भन्दैमा घरकी श्रीमती या श्रीमान लाई आजीवन दास बनाए भन्ने मानसिकता पनि मानसिक रोग हो । यो रोगले बैवाहिक जीवन सफल नहुने देखिन्छ ।

समयमै यो भाइरसलाई त्यागेर सह अस्थिव स्वीकार गर्नु उत्तम हुने बिभिन्न घटनाले प्रमाणित गरेका छन । पति वा पत्निको फरकपनलाई खुशिका साथ स्विकारेर एक अर्काका फ़रक धारणा प्रति सम्मान जनाऊदै ख़ुशी साटनु नै स्वास्थ्य मनःस्थितिको उपज रहेको मनोबिज्ञानका ज्ञाताहरु बताउने गर्छन ।

अन्त्यमा महिलाले आफु माथि लोग्नेले अन्याय गरेको देख्ने तर त्यही महिला छोरो, दाजु वा भाइले अर्की महिलालाई अन्याय गरेको नदेखने । पुरुष पनि श्रीमति ख़राब देखने तर दिदीबहिनी आमाले बुहारीलाई गरेका ज़्यादती नदेख्ने समाजको दोहोरो चरित्रले पनि ममता जस्ता धेरैको ज़्यान गएको छ । महिलाहरुको शोषण र बीभेदमा बलसाली पुरुष त अघि छनछन महिलाहरु स्वयं २ कदम अगाड़ी रहेको बिभिन्न घटना हरुले प्रमाणित गरेका छन ।

यसर्थ ममताजीको जस्तो घटनालाई सामान्यीकरण गरेर एकपक्षिय रूपमा मात्र हेर्नु भन्दा पनि समग्रमा हेरिनू पर्दछ । खुल्ला र पारदर्शी पारिवारिक , सामाजिक जीवनको अभ्यास बाट नै यस्ता घटनालाई न्यूनीकरण गर्न सकिन्छ ।

टिकटक र संजालको लतले कोठामा एक्लै बस्ने मानसिक रोगी बन्ने भन्दा सामाजिक जमघट र सम्बन्धलाई ध्यान दीए पारिवारिक, मानसिक समस्याको निराकरण खोज्न मद्दत पूग्ने देखिन्छ ।

पारिवारिक बेमेल र बिकृतिका घटनालाई कार्पेट मूनी छोपेर नर्कको जीवन जिउनु गलत अभ्यास हो । जीवन जिउने अनेक कारण हूँदाहुँदै भाग्यवस बैवाहैक जीवनमा थोरै मात्र तलमाथि परे यसलाई नै अंतिम ठानेर जीवन नै सकिएको जस्तै गरी जघन्य अपराध निम्त्याऊने गरेको देखिन्छ ।

उसैपनि हिजोका अभाव र दुःखको जीवन निर्देशित खेती र श्रममा आधारित हाम्रा मूल्य , मान्यता , संस्कार संस्कृति बिकासका आधार थिए आज प्रविधिले निर्देशन र असर गरेको आम्सिक रूपमा भएपनि संपन्न जीवन शैलीलाई हुबहू लागू हुने अवस्था छैन । बिभेद, सोषण र क्रूरताको उपचार फेरी पनि शिक्षा र सचेतना नै हो ।

असल संस्कार, मानवीय गुण र असल मूल्य मान्यतालाई प्रोत्साहन र प्रबर्धन हो । तड़क भड़क, बनावटी र देखावटी ब्यवहार र आचरणहरुको निरुत्साहन हो । नेपाली समाजले भौतिक सम्पत्ति, सान र शक्तिलाई मात्र उच्च महत्व दिन, पूजा गर्न छोड़ेर मानसिक, शारीरिक र सामाजिक रूपमा हुने सन्तुलित जीवनशैली , आचरण र अनुशासनलाई उच्च महत्व दीन सके बिकृत अभ्यास र परिपाटीहरु हटेर जानसक्लान।

डा जगन कार्की ,बेलायत

प्रतिक्रिया