ममताको काण्ड सेलाउन नपाउदै टेक्ससमा २१ बर्षिया नेपाली बिद्यार्थीको गोली हानी हत्या , सच्चीको साथमा आमासँग कुराकानी

उता अस्ट्रेलियामा २६ बर्षिय स्वास्थ्य परिचारिका सम्झना अधिकारी पनि बेपत्ता

विजय थापा २०८१ भदौ ११ गते २२:५५ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरबाट गत अगस्त १ देखि हराई रहेकी भनिएकी नेपाली मूलकी नर्स (स्वास्थ्य परिचारिका ) ममता काफ्लेको काण्ड सेलाउन नपाउदै टेक्सस राज्यको ह्युस्टन शहरमा २१ बर्षिया नेपाली बिद्यार्थी मुना पाण्डेको हत्या भएको छ ।

त्यस्तै उता अस्ट्रेलियामा २६ बर्षिय स्वास्थ्य परिचारिका सम्झना अधिकारी पनि बेपत्ता भएको समाचारले सबैलाई दुखित तुल्याउनुको साथै ज्यादै पीडा थपेको छ । अस्ट्रेलियाको क्विन्सल्याण्ड प्रहरीले पनि उनको खोजी गर्न समेत आह्वान गरेको छ । साथै उनको तस्बिर पनि सार्वजनिक गरेको छ ।

भर्खर प्राप्त जानकारी अनुसार अधिकारी फेला परेकी छिन ।

यसै गरि टेक्ससमा दुखद घटना घटे पछि नेपाली बिद्यार्थी मुना पाण्डेकी आमासँग संचारकर्मी सच्चीको साथमा नामक लोकप्रिय कार्यक्रम मार्फत कुराकानी गरेकी छिन् । बिस्तृत रुपमा उक्त श्रब्यदृश्य(भिडियो)मा सबै कुरा श्रवण गर्न सकिने छ ।

संचारकर्मी सच्ची मैनालीलाई उनकी आमाले गत सोमबार साँझ टेक्ससमा भएको दुखद समाचार नेपाल खबर गरिएको बताएकी थिइन् । प्रहरीका अनुसार ह्युस्टनको एक आवासगृह (अपार्टमेन्ट)मा गोली हानी हत्या भएको हो । उनि टेक्सस राज्यकै ह्युस्टन शहरको ह्युस्टन सामुदायिक महाबिद्यालय ( कम्यूनिटी कलेज)मा अध्ययनरत थिइन् । प्रहरीका अनुसार नेपाली बिधार्थी मुना पाण्डेको छातीमा गोली लागेको थियो।

उनको शव सोमबार अपराह्न आफ्नै आवासगृह (अपार्टमेन्ट)मा फेला परेको थियो। सच्चीको साथ कार्यक्रम मार्फत मुनाकी आमा अनिता पाण्डेले छोरीसँग ४ दिन अघि कुराकानी भएको र उनि मात्र सन्तान रहेको समेत बताएकी छिन् । घटनाकाे अनुसन्धान प्रहरी सुरु गरिसकेको छ भने अहिले सम्म कसैलाई पनि गिरफ्तार गरिएको छैन।

गत सोमबार साँझ उक्त घटना भए पछि मुना पाण्डेकी आमाले संचारकर्मी सच्ची मैनालीसँग मंगलबार बिस्तृतमा कुराकानी गरेकी छिन । यो घटनामा सबैलाई उनकी आमाले सहयोग गर्न आह्वान गरेकी छिन ।

बिस्तृत जान्न यहाँ थिच्नु होला :

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया