कमला ह्यारिसको अभियानले ह्यारिस उम्मेदवार बने देखि यता ५४० मिलियन डलर जुटाएको बताएको छ ।
उपराष्ट्रपति कमला ह्यारिसको राष्ट्रपति अभियानले गत महिना ह्यारिस राष्ट्रपतिको दौडमा प्रवेश गरेदेखि अभियानले ५४० मिलियन डलर ल्याएको बताएको छ। डेमोक्र्याटिक राष्ट्रिय अधिवेशनको क्रममा चन्दामा बृद्धि भएको समेत जनाएको छ ।
अभियानले यो हप्तामा ८२ मिलियन डलर ल्याएको बताएको छ। ह्यारिसले गत बिहीबार राष्ट्रपति पदको उम्मेदवारी स्वीकार गर्दै भाषण दिए पछि कोष सङ्कलन सबै भन्दा राम्रो समय भएको अभियानले बतायो ।
सम्मेलनमा पूर्व प्रथम महिला मिशेल ओबामा र पूर्व राष्ट्रपति बराक ओबामा, पूर्व विदेश सचिव हिलारी क्लिन्टन र पूर्व राष्ट्रपति बिल क्लिन्टन जस्ता प्रख्यात डेमोक्र्याटहरूका भाषण प्रतिनिधिहरुले सुनेका थिए
डेमोक्र्याटहरूलाई ह्यारिस र मिनेसोटाका गभर्नर टिम वाल्जले बेजोड भाषण गर्दै प्रतिनिधिहरुलाई उत्साहित गरेका थिए ।
प्रतिक्रिया