महिलाहरुलाई वक्षस्थल र भित्री लुगा प्रदर्शन गर्न बाध्य पारेको आरोपमा अमेरिकी सीमा गस्ती गुप्तचर पक्राउ

इनेप्लिज २०८१ भदौ ९ गते ११:४५ मा प्रकाशित

महिलाहरुलाई वक्षस्थल र भित्री लुगा प्रदर्शन गर्न बाध्य पारेको आरोपमा अमेरिकी सीमा गस्ती गुप्तचर(एजेन्ट)लाई पक्राउ गरिएको छ । सिएनएनका अनुसार युएस बोर्डर पेट्रोल एजेन्ट(अमेरिकी भन्सार तथा सीमाका गुप्तचर )लाई पक्राउ गरी महिलाहरूलाई भर्चुअल( परोक्ष) अन्तर्वार्तामा महिलाहरुलाई वस्त्र खोल्न बाध्य पारेको आरोप लगाइएको छ ।

न्युयोर्क राज्यका अधिकारीहरूले यस हप्ता उनलाई पक्राउ गरेका हुन् । उक्त गुप्तचर(एजेन्ट) अमेरिका प्रवेशको लागि आवश्यक भएको दाबी समेत गर्दै महिलाहरुलाई बाध्य तुल्याएका थिए ।

जेफर्सन काउन्टीका ५३ वर्षीय शेन मिलन गुप्तचरले कथित रूपमा तीन महिलालाई आफ्नो नाङ्गो छाती र चौथो महिलालाई आफ्नो ब्रा(भित्री वस्त्र) लगाएर आफ्नो स्तन खुलाउन आदेश दिएका थिए ।

मिलनलाई अव्यावहारिक खोजीहरू विरुद्ध महिलाहरूलाई उनीहरूको संवैधानिक अधिकारबाट वञ्चित गरेको चारवटा दुराचारको आरोप लगाइएको छ ।

आरोपित कागजातमा मिलनले क्यानाडाको सिमानामा रहेको जेफरसन काउन्टी र “अन्य ठाउँमा” अपराध गरेको बताएको छ।

प्रतिक्रिया