टेक्ससमा दीपक ओलीको हत्या गर्ने दुई जना पक्राउ

इनेप्लिज २०८१ भदौ ७ गते १८:४२ मा प्रकाशित

टेक्ससमा दीपक ओलीको हत्या गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।

म्याक्लेनन काउन्टी शेरिफको कार्यालयले दुई जना पुरुषहरूलाई पक्राउ गरेको जनाएको छ ।

उनिहरुले लुटेको  स्वीकार गरेको र गोली हानेको प्रहरीले बताएको छ ।

अन्वेषकहरूले बताएअनुसार ३० वर्षीय दीपक ओलीलाई २२ वर्षीय क्रिस्टोफर म्याथ्यू बेल्ट्रानले गोली हानी हत्या गरेका थिए ।

बेल्ट्रान र २५ वर्षीया मिका ह्यारिस भनिने दोस्रो संदिग्ध दुवैलाई हत्या र डकैतीको अभियोग लगाइएको छ। 

प्रतिक्रिया