अमेरिकाको पेन्सल्भेनिया राज्यका एक व्यक्तिले चर्को स्वरमा घुरेको विवादमा छिमेकीको छुरा प्रहार गरी हत्या गरेकोमा दोषी स्वीकार गरेका छन् ।
पेन्सल्भेनिया राज्यको एक उपनगरीय फिलाडेल्फियामा मानिससँग झगडा पछि छिमेकीलाई चक्कु प्रहार गरेको स्वीकार गरेका छन् । उनलाई कारागार सजाय जेल सजाय सुनाइएको छ । अधिकारीहरूका अनुसार ठूलो स्वरमा घुरेकोले चक्कु प्रहार गरेका थिए ।
माथिल्लो मोरल्याण्डका ५६ वर्षीय क्रिस्टोफर केसीलाई गत हप्ता मोन्टगोमेरी काउन्टी अदालतले काउन्टी कारागारमा ११/१/२ देखि २३ महिनाको जेल सजाय सुनाएको थियो । त्यसपछि ३ वर्षको परीक्षणकालमा राखिएको छ ।
केसीलाई छिमेकमा बस्ने ६२ वर्षीय रोबर्ट वालेसलाई गत जनवरी १४ मा तेस्रो-श्रेणीको हत्याको आरोप लगाइएको थियो। प्रहरी आइपुग्दा वालेसलाई घरबाट ५० फिट टाढा उनले झ्यालबाट फ्याकेको र मुनि भेटिएको मोन्टगोमेरी काउन्टी जिल्ला न्यायधिवक्ताको कार्यालयले बताएको छ ।
घटनास्थलमा माथिल्लो मोरल्याण्ड प्रहरीले केसीको घरको अगाडि एउटा ठूलो सैन्य शैलीको चक्कु र एउटा घुम्तीयन्त्र( सेलफोन) भेट्टाएका थिए ।
अधिकारीहरूले केसीले वालेसलाई धेरै पटक छुरा प्रहार गर्न सैन्य शैलीको चक्कु प्रयोग गरेको र प्रहरीले घर भित्र र बाहिर रगत फेला पारेको बताए।
शोरका कारण सुत्न नसकेको र थकानले दैनिक जीवनमा र काम गर्ने क्षमतामा असर परेको पीडितका आफन्तले बताएका छन् । केसीले उनीहरूलाई अदालतमा माफी मागे।
प्रतिक्रिया