अफगानिस्तानको काबुलमा भएको बम बिस्फोटमा परि कम्तिमा १ जनाको मृत्यु भएको छ भने बम विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूह (आइएस)लिएको छ ।
आइएस समूहले सोमबार अफगानिस्तानको राजधानीमा भएको सानो भार बाहक गाडी (मिनीभ्यान )विस्फोटको जिम्मेवारी लिएको छ जसमा कम्तीमा एक जनाको मृत्यु भएको छ।
विद्रोही समूहले एक विज्ञप्तिमा मार्फत आइतवार शिया अल्पसंख्यक समुदायका सदस्यहरूलाई लक्षित गरी विस्फोटक पदार्थ विस्फोट गराएको जनाएको छ । जसमा १३ जना घाइते भएका छन् ।
प्रहरी प्रवक्ता खालिद जाद्रानले सोमबार काबुल शहरको पश्चिमी भागमा भएको बम विस्फोटमा एक सर्वसाधारणको मृत्यु भएको र ११ जना घाइते भएको पुष्टि गरेका छन्।
बम विष्फोट दुष्टी बराचीमा भएको र यस सम्बन्धमा प्रहरी अनुसन्धान भइरहेको उनले बताए ।
काबुलको दुष्टी बराची क्षेत्रलाई अफगानिस्तानमा इस्लामिक स्टेट समूह(आइएस)को सहयोगीले बारम्बार निशाना बनाउँदै आएको छ। उक्त समूहले विद्यालय, अस्पताल र मस्जिदहरूमा ठूला हमलाहरू गरेको छ। यसले देशका अन्य शिया क्षेत्रहरूमा पनि आक्रमण गरेको एबिसीन्यूजले जनाएको छ ।
सन् २०२१ को अगस्तमा अफगानिस्तानमा अमेरिकी र अन्य सेनाहरू फिर्ता भएपछि तालिबानको प्रमुख प्रतिद्वन्द्वी बनेको छ। काबुल र देशका अन्य भागहरूमा आइएस लडाकूहरूले आक्रमण गरेका छन्।
प्रतिक्रिया