कमला ह्यारिसले डेमोक्रयाटिक राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक सीमा रेखा पार गरिन, इतिहास कोर्ने तयारीमा ह्यारिस 

इनेप्लिज २०८१ साउन १९ गते १३:३७ मा प्रकाशित

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले डेमोक्रयाटिक राष्ट्रिय सम्मेलनको लागि परोक्ष बैठकबाट नै डेमोक्रेटिक राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक सीमा रेखा पार गरेकी छिन्। लगभग उनको मार्ग खुलेको छ ।

र , उनि अमेरिकी इतिहासमै पहिलो अश्वेत राष्ट्रपतिकी महिला उम्मेदार बन्ने लगभग पक्का भएको छ ।

बहुसंख्यक डेमोक्रेटिक प्रतिनिधिहरूले भर्चुअल रोल कल भोट( परोक्ष उपस्थिती मत)बाट उपाध्यक्ष कमला ह्यारिसलाई राष्ट्रपतिको लागि पार्टीको उम्मेदवारको रूपमा चयन गर्न मतदान गरेका छन् । 

डेमोक्रयाटिक राष्ट्रिय समितिले गत बिहीबार उम्मेदवार छनोटको औपचारिक प्रक्रिया सुरु गरेको छ । दलका ४,००० भन्दा बढी प्रतिनिधिहरूको लागि विधुतिय आवेदन पत्र या घुम्ती सॅचार यन्त्र (फोन ) मार्फत मतदान गर्नको लागि मतदान खोलिएको छ ।

ह्यारिसले उम्मेदवारी जित्नका लागि आवश्यक सीमा पार गर्न २,३५० प्रतिनिधिबाट मत प्राप्त गर्न आवश्यक रहेको अभियानले बताएको छ ।

मतदान आगामी सोमबार साँझ ६ बजे समाप्त हुने र उनको मनोनयन औपचारिक हुनेछ।

ह्यारिसले फोन ( सॅचार माध्यम ) मार्फत बैठकमा सामेल भइन् र मतदान अवधि बन्द भएपछि आधिकारिक रूपमा नामांकन स्वीकार गर्ने बताइन्।

गत जुलाई महिनामा ह्यारिस अभियानले ३०० मिलियन डलर चन्दा सॅकलन गर्न सफल भएको छ ।

प्रतिक्रिया