चेलीभेटी बेचबिखन बिरुद्ध बलात्कार जस्तो जघन्य अपराधलाई निरुत्साहित गर्नका लागि जनचेतना मुलक गीत आएको छ – दुख्यो आमा ऐया ऐया । सामाजिक जागरण एवम् अपराधलाई निरुत्साहित बनाउदै गीतका मार्फत सचेतना जगाउन यसखाले गीत निर्माण गरिएको बताइएको छ । गीत गायिका बेनिशा पौडेलले गाएकी छिन् भने दीपक शर्माको सङ्गीत रहेको छ् । शब्द दीपिका भट्ट्ले लेखेकी हुन भने मिक्सिङ, मास्टरिङ्ग एव्म एरेन्ज भने देबेश राइले गरेका हुन । भिडियो छायान्कन रामशरण उप्रेतिले गरेका हुन भने सम्पादन नहकुल खड्काको रहेको छ । भिडियोमा दीपिका भट्ट, गीता अधिकारी, सरु दाहाल, रेस्मा श्रेष्ठ, दीपक कोइराला, आरुश भण्डारी,सन्जु खत्री लगायतका कलाकारअले अभिनय गरेका छन ।
दीपिका इन्टरटेन्टमेन्ट यु ट्युब च्यानल बाट रिलिज गरिएको गीतको शब्द निर्देशन एवम अभिनय दीपिका भट्टकै रहेको छ । दुख्यो आमा ऐया ऐया बोलको यो गीतले सामाजिक जागरण ल्याउन मद्दत पुग्ने निर्देशक दीपिका भट्ट बताउछीन् ।
प्रतिक्रिया