आप्रवासीहरू हेटीबाट भाग्न खोज्दा डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
हेटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु हुनुको साथै अन्य धेरै जना घाइते भएको संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार जनाएको छ । एक सरकारी अधिकारीले आप्रवासीहरू टर्क्स र काइकोस टापुहरूमा भाग्न खोजिरहेका थिए।
संयुक्त राष्ट्रको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम)का अनुसार हेटी तट रक्षकहरुले ४१ जनालाई जीवित उद्धार गरेको छ ।
जसमध्ये ११ जनालाई अस्पतालमा भर्ना गरिएको छ भने जसमा केही जलेका थिए।
८० भन्दा बढी यात्रु बोकेको उक्त डुङ्गा गत बुधबार लाबादी बन्दरगाहबाट १५० माइलको यात्रा तय गरी टर्क्स र काइकोस टापुका लागि प्रस्थान गरेको थियो ।
प्रतिक्रिया