मेरील्याण्डको बाल्टिमोर शहरमा दुई सहित तीन थप गर्मीको कारण मृत्यु भएको छ।
मेरील्याण्ड राज्यको तथ्याङ्क अनुसार यस गर्मीमा नौ जनाको मृत्यु भएको छ, जुन सन् २०२३ को बराबर हो।
सन् १९३० पछि पहिलो पटक आइतवारदेखि बुधबारसम्म लगातार चार दिनसम्म तापक्रम १०० डिग्री पुगेको थियो।
मेरिल्याण्डको तातो सम्बन्धी मृत्यु हुनेहरु मध्ये तीन जना बाल्टिमोरमा, चार प्रिन्स जर्ज काउन्टीमा, एक एनी अरुन्डेल काउन्टीमा र एक केन्ट काउन्टीमा भएको थियो।
कुल मिलाएर ती मृत्युहरू मध्ये चार ४५ बर्ष र ६४ वर्षका बीचका मानिसहरु रहेका थिए। अन्य पाँचहरू ६५ वर्षभन्दा माथिका थिए।
राज्यको तथ्याङ्क अनुसार मेरिल्याण्डमा २०१९ मा २१, २०२० मा २१, २०२१ मा १६, २०२२ मा पाँच र २०२३ मा नौ जनाको गर्मीका कारण मृत्यु भएको थियो ।
प्रतिक्रिया