न्यायाधीशद्वारा डोनाल्ड विरुद्धको गोप्य कागजात मुद्दा खारेज 

इनेप्लिज २०८१ असार ३१ गते १६:५६ मा प्रकाशित

एक संघीय न्यायाधीशले सोमबार डोनाल्ड ट्रम्प विरुद्धको गोप्य कागजात मुद्दा खारेज गरि दिएका छन्।

सिएनएनका अनुसार यो निर्णयले अव  पूर्व राष्ट्रपतिको सामना गर्ने प्रमुख कानुनी चुनौतीहरू मध्ये एकलाई हटाउने छ ।

९३ पृष्ठको फैसलामा जिल्ला न्यायाधीश एलीन क्याननले विशेष सल्लाहकार ज्याक स्मिथको नियुक्तिले संविधानको उल्लंघन गरेको बताइन ।

ट्रम्पले आफूले सामना गरिरहेका अन्य मुद्दाहरू पनि खारेज गर्न आह्वान गरेका छन् । उनले यी आरोपहरू “राजनीतिक आक्रमणहरू” भएको दाबी गरे।

प्रतिक्रिया