अस्मिता अधिकारीको स्वर तथा गीतकार सहदेव पौडेलको रचना रहेको “हात समाएर” संगीत भिडियो अनावरण

इनेप्लिज २०८१ असार ३० गते २२:१६ मा प्रकाशित

गायीका अस्मिता अधिकारीको स्वर रहेको गीत “हात समाएर” को अडियो र भिडियो (श्रवण तथा श्रब्य दृश्य) सार्वजनिक भएको छ। गीतकार सहदेव पौडेलको रचना रहेको गीत “हात समाएर” ले आफ्ना मायालुसंग सधै भरि हात समाएर जीवन बिताउन पाउं भन्ने मनकामनाको भाव बोकेको छ। यो प्रेमिल भावले ओतप्रोत भएको गीतलाई संगीतकार हरी लामीछानेले संगीत दिएका छन् ।

गीतको संगीत भिडियो सुब्रत आचार्यले निर्देशन गरेका छन। संगीत भिडियोमा नायक आर्यन सिग्देल र नायिका सानिसा भट्टराईकोअभिनय छ।

भिडियोमा धुलिखेल वरपरको दृश्य छ। भिडियोले एक मायालु जोडीको कथा बुनेको छ जो, जिन्दगीको हरपलसंगै हात समाएर हिड्न चाहन्छन्। भिडियो हरी लामीछाने युटुब च्यानलमा हेर्न सकिन्छ।

प्रतिक्रिया