नेपालीहरुको नेतृत्वमा रहेको ब्रिटिश एजुकेशन ग्रुप(बेलायती शिक्षा समूह)ले क्यानडास्थित १२५ बर्ष पुरानो शैक्षिक संस्था खरिद गरेको छ । समूहले क्यानडाको नोभा स्कोटिया पुरानो कलेज (महाबिद्यालय) मध्ये कै एक म्यारीटाइम बिजनेस कलेज(एमबिसी) खरिद गरेको जनाएको छ ।
सन् १८९९ मा स्थापना भएको हेलीफ्याक्सस्थित एमबिसीले प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ । समूहका प्रमुख कार्यकारी अधिकारी( (सिइओ) राजन कँडेलले शताब्दी भन्दा लामो इतिहास बोकेको एमबिसी लिन पाएकोमा हर्स व्यक्त गर्दै हामी आफ्ना बिधार्थीहरुलाई बिश्वब्यापी अवसरसगै नयाँ अनुभवहरु प्रदान गर्न प्रतिबद्ध छौ ,उनले भने ।
यो संगै नेपाल,दुबई र क्यानडाका हाम्रा क्याम्पस(महाबिद्यालय)हरु बीच सजिलै क्रेडिट ट्रान्सफरको (स्थान्तरण)को सुबिधा प्रदान गर्ने र बिश्व नागरिक निर्माण गर्ने दृस्टीकोणले थप प्रवर्द्धन गर्ने उनले बताए ।
सन् २००२ मा मा लन्डनमा स्थापित बेलायती शिक्षा समूह( अर्थात् ब्रिटिश एजुकेशन ग्रुप)ले अब काठमाण्डौंको ब्रिटिश कलेज लगायत बेलायत, युएई र नेपालभरि ठूलो संख्यामा शैक्षिक प्रतिष्ठानहरू विस्तार गर्न गर्न सफल भएको छ । यसै सिलसिलामा क्यानडामा पनि समूह अन्तर्गत समावेश गर्न सफल भएको छ । सन् २०११ मा स्थापित ब्रिटिश कलेज अब नेपालको सबैभन्दा सफल अन्तर्राष्ट्रिय कलेजहरू मध्ये एक हो।
बिस्तृत जानकारी लिन यहाँ थिच्नु होला : https://www.britisheducationgroup.co.uk/about
प्रतिक्रिया