प्रेमिका भेट्न रुस पुगेका अमेरिकी सैनिकलाई रुसी पेनल उपनिवेशमा चार बर्षको कारागार सजाय सुनाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
रुसमा चोरीको आरोपमा पक्राउ परेका अमेरिकी सैनिक गोर्डन ब्लाकलाई बुधबार रुसी पेनल कोलोनी(उपनिवेश)मा झण्डै चार वर्षको जेल (कारागार)सजाय सुनाइएको राष्ट्रिय समाचार सँस्थाले जनाएको छ।
“भ्लादिभोस्टोकको पर्भोमेस्की जिल्ला अदालतले ब्लाकलाई लगभग चार वर्षको सजाय सुनाएको छ,” इन्टरफ्याक्स संवाददाताले अदालतको कोठा भित्रबाट विवरण दिए ।
ब्लाक गत मे महिनामा पक्राउ परेका थिए । उनको सुनुवाइ सोमबार सुरु भएको थियो। ब्लाकलाई चोरीको आरोपमा आंशिक रूपमा दोषी ठहर गरेको थियो, तर आक्रमण वा मार्ने धम्कीको आरोपलाई स्वीकार नगरेको रूसी संचार माध्यमले बताएका थिए ।
उनि दक्षिण कोरियामा तैनाथ थिए र रुसमा प्रवेश गर्दा अस्थायी बिदामा थिए। दुई अमेरिकी अधिकारीहरूले गत मे महिनामा एबीसी न्यूजलाई बताए अनुसार उनलाई रुसमा यात्रा गर्न अनुमति दिइएको थिएन।
ब्लाककी आमा मेलोडी जोन्सले उनको छोरो आफ्नी प्रेमिकालाई भेट्न आएको एबीसी न्यूजलाई बताएकी थिइन्
उनलाई महिलाबाट पैसा लिएको आरोप लगाइएको थियो । आपराधिक दुर्ब्यबहारको आरोपमा उत्तर कोरिया र चीनको सिमाना नजिक भ्लादिभोस्तोकमा हिरासतमा राखिएको थियो।
प्रतिक्रिया