अमेरिकाको म्यासाचुस्टेस राज्यमा २१ वर्षीय प्रेमीलाई८ कक्षा उत्रीण हुनु अघि प्रेमिकाको हत्या गरेको आरोप

इनेप्लिज २०८१ असार ४ गते ११:५५ मा प्रकाशित

अमेरिकाको म्यासाचुस्टेस राज्यमा २१ वर्षीय प्रेमीलाई ८ कक्षा उत्रीण हुनु अघि प्रेमिकाको हत्या गरेको आरोप लगाईएको छ ।

१५ वर्षीया अहलियाना डिकीको प्रेमीलाई उनको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।

टेकस्बरी शहरका २१ वर्षीय ट्रेभर ब्याडीले डिकीलाई लोवेलस्थित लरेन्स गल्लीको एक घरमा गोली हानेको प्रहरीले जनाएको छ। उनले हत्या र सशस्त्र घर आक्रमण सहित धेरै आरोपहरू सामना गर्ने सिबिएसन्यूजले जनाएको छ ।

डिकी जुन १४ मा आफ्नो आठौं कक्षाको स्नातक(दिक्षान्त समारोह)मा सहभागी हुने कार्यक्रम थियो। जब उनी समारोहमा नदेखि पछि उनको परिवार उनको घरमा खोज्न गए। उनीहरूले डिकीलाई पहिलो तल्लाको शयनकक्षको भुइँमा बन्दुकको गोली लागेको अवस्थामा फेला पारे।

जुन १४ को बिहान मध्यरात पछि पुरुष र महिला बीचको झगडा पछि प्रहरीलाई त्यहा बोलाईएको थियो । प्रहरीका अनुसार ब्याडीले डिक्कीलाई दुर्व्यवहार गर्ने गरेका थिए । प्रहरीका अनुसार हत्या गर्नु अघि उनले उबर बोलाएका थिए र पछि उबरबाट भागेका थिए ।

प्रतिक्रिया