अमेरिकाको जर्जियाका एक बुबा आफ्नो बच्चालाई तातो गाडीमा छोड्दा मृत्यु भएको कारण १० वर्षपछि कारागार मुक्त

इनेप्लिज २०८१ असार ४ गते ११:०९ मा प्रकाशित

अमेरिकाको जर्जियाका एक बुबा आफ्नो बच्चालाई तातो गाडीमा छोड्दा मृत्यु भएको कारण १० वर्षपछि कारागारबाट मुक्त भएका छन् ।

अभियोजकहरूले उनलाई हत्याको आरोप लगाएपछि विश्वव्यापी रुपमा संचार माध्यमको मुख्य समाचार बनेको थियो ।

जस्टिन रस ह्यारिसलाई गत आइतवार अमेरिकाको पिता दिवस (फादर्स डे ) माकोन राज्य कारागारबाट रिहा गरिएको थियो। उनले डिसेम्बर ६ ,२०१६ देखि कारागार सजाय सजाय काट्न थालेका थिए ।

ह्यारिस २०१२ मा कामको लागि अलाबामाको टुस्कालुसाबाट एटलान्टा क्षेत्रमा सरेका थिए। उनले प्रहरीलाई त्यस समयमा जुन १८, २०१४ को बिहान उनले आफ्नो २२ महिनाको छोरा कुपरलाई डे केयर( बाल हेरचार गृह )मा छोड्न बिर्सेको बताएका थिए ।

उपनगरीय एटलान्टामा उनले आफ्नो गाडीको पछाडिको सिटमा करिब ७ घण्टा राखे पछि बच्चा कूपरको मृत्यु भएको थियो । जहाँ त्यस दिनको तापक्रम कम्तीमा ८० डिग्री पुगेको थियो ।

ह्यारिस नोभेम्बर २०१६ मा द्वेषपूर्ण हत्या सहित आठवटा मुद्दामा दोषी पाइएका थिए ।

प्रतिक्रिया