हिन्दु बुद्ध मन्दिरमा २०२४ मा डिसी क्षेत्रका बिभिन्न शिक्षा सँस्थाहरुबाट उपाधि हासिल गर्ने बिधार्थीहरुलाई सम्मान गरिने

इनेप्लिज २०८१ असार २ गते १४:१७ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नेपाली समुदायको अथक प्रयासबाट स्थापित हिन्दु बुद्ध मन्दिरमा २०२४ मा अमेरिकाको डिसी महानगर क्षेत्रका बिभिन्न शिक्षा सँस्थाहरुबाट उपाधि हासिल (ग्राजुएट )गर्ने बिधार्थीहरुलाई सम्मान गरिने भएको छ ।

उक्त समारोहको नामाकरण ग्राजुएट रिकोग्निसन एण्ड एप्रिसिएसन सेरेमोनी २०२४ रखिएको छ । यो बर्ष सहित चौथो संस्करण हो ।

अमेरिकाको डिसी महानगर क्षेत्रका बिभिन्न बिधालय र बिश्वबिधालयहरुबाट यस बर्ष २०२४ मा सफलताका साथ माध्यमिक बिद्यालय ,प्रविणता प्रमाण पत्र तह ,स्नातक ,स्नातकोत्तर तथा विद्या वारिधि सहित सम्पन्न गरि दिक्षान्त हुनुभएका बिधार्थीहरु र तिनका अभिभावकहरुको बिशेष सम्मान गरिने छ ।

हिन्दु बुद्ध मन्दिरले वार्षिक रुपमा आयोजना गर्दै आएको “Graduate Recognition and Appreciation Ceremony : 2024” को चौंथो संस्करण यहि जुन ३०,२०२४ आइतबारका दिन हुनेछ । कार्यक्रम बिहान ११:०० बजे देखि १:०० बजे सम्म मन्दिरकै प्रांगणमा गरिने छ ।

बिधार्थीहरुको अहोरात्रको मेहनत/परिश्रम र अथक लगनबाट प्राप्त सफलतामा अभिभावक तथा परिवारजनहरुको त्याग, नि:स्वार्थ र समर्पण बिना सम्भव नहुने भएकोले बिधार्थी र अभिभावकहरुको योगदानको कदर गर्दै यो सम्मान कार्यक्रमको आयोजना गरिने आयोजकले ईनेप्लिजलाई बताए ।

स्थानीय संघसस्थाहरु लायन्स क्लव अफ बाल्टिमोर नेप्लिज ,नाम्लो ईभेन्टस संगको बिशेष सहकार्य अनि प्राईम होलसेल र नेपाली ईमार्केटको साथ र सहयोगलाई निरन्तरता दिँदै मन्दिरले बिशेष सम्मान कार्यक्रमको आयोजना गर्ने निश्चित गरेको हो ।

यसमा सहभागी हुन् एक आवेदन पत्र भर्नु पर्ने भएकोले आगामी जुन २६ ,बुधबार सम्म भर्न सबैमा आग्रह गरिएको छ ।

आवेदन पत्र भर्न यहाँ थिच्नु होला :

https://docs.google.com/forms/d/e/1FAIpQLSfuXHecfaRIWwhMI4DgDMo4OgJt3r1x5UMp3KgpUSM9JnC4RQ/viewform

प्रतिक्रिया