काठमाडौंँ । नेपाली मोडल तथा अन्तराष्ट्रिय फेसन कोच राज फैजु इन्टरनेशनल पेजेन्ट एण्ड फेसन क्लबको अध्यक्ष चुँनिएका छन् । मलेसियाको कोटाकिना बालु सहरमा आयोजित नेपाल सहित इन्डिया, मलेसिया, फिलिपिन्स, साउथ कोरिया, इन्डोनेसियालगायत दर्जन बढी देशका ‘इन्टरनेशनल पेजेन्ट एण्ड फेसन क्लब’का राष्ट्रिय निर्देशकहरुको भेलाले फैजुलाई अध्यक्ष चुनेका हुन् ।
‘इन्टरनेशनल पेजेन्ट एण्ड फेसन क्लबको’ उदेश्य अन्तराष्ट्रिय क्षेत्रमा गुणस्तरिय पेजेन्ट तथा फेसन शोका कार्यक्रमहरु आयोजना गर्ने रहेको छ । क्लब मार्फत नेपालमा अन्तराष्ट्रिय स्तरका पेजेन्ट र फेसनका कार्यक्रम भित्र्याएर नेपालको पर्यटन र संस्कृतिको प्रवद्र्धन गर्ने आफ्नो लक्ष्य रहेको फैजुले बताए ।
क्लबले पर्यटन र संकृतिको अलवा बिभिन्न देशका राष्ट्रिय निर्देशहरु समन्वय गरेर पेजेन्स र फेसन उद्योगलाई पछिल्लो समयको ट्रेन अनुसार कसरी लाने, गुणस्तिरिय कसरी बनाउने र फेसन मार्फत आफ्नो देशको भेषभुषा अन्तराष्ट्रिय मञ्चमा चिनाउने भन्ने बिषयमा पनि काम गर्नेछ । त्यस्तै आ–आफ्नो देशको महत्व बोकेको संस्कृति । हेरिटेजलगायतलाई फेसन मार्फत अन्तराष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आफ्ना देशका डिजाइनलाई अन्तराष्ट्रिय प्लेटफर्ममा चिनाउन समेत जोड दिनेछ ।
पेजेन्टमा भएको नराम्रो चिजहरुलाई छलफल मार्फत हल गरि ट्रेनिङ, टक्नोलोजी लगायतका बिषयमा समयसापेक्षा र स्तयिय कसरी बनाउने भन्नेमा समेत काम गर्नेछ ।
बिभिन्न देशका सास्कृतिक लगायत हरेक पाटोको आदानप्रदान पनि यसले आफ्नो उदेश्यमा राखेको फैजुले जानकारी दिए । ‘बिभिन्न देशमा संस्थाको नेटवर्क बिकास गरेर पेजेन्ट र फेसनलाई विश्वामा पुर्याउनु पनि हो’ फैजुले थपे ।
फैजु करिब १५ बर्षदेखि रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी मार्फत नेपालमा बिभिन्न सौन्दर्य प्रतियोगीता तथा फेसन शोहरु आयोजना गर्दै आएका फैजु अन्तराष्ट्रिय म्युजिक भिडियो अभिनयको अलवा बिभिन्न ब्याण्डसँग समेत आवद्ध छन् ।
प्रतिक्रिया