अमेरिकाको लुजीयानामा अपहरण गरिएका २ मध्ये १ बालबालिका मिसिसिपीमा आमाको हत्यापछि मृत फेला

इनेप्लिज २०८१ जेठ ३२ गते ०:४२ मा प्रकाशित

अमेरिकाको लुजियाना राज्यमा अपहरण गरिएका २ मध्ये १ बालबालिका मिसिसिपीमा आमाको हत्यापछि मृत फेला परेका छन् । लुजियानाकि एक महिला आफ्नो घरमा मृत फेला परेको र उनका दुई सानी छोरीलाई अपहरण गरी मिसिसिपीमा केही घण्टापछि फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार आफ्नो घरमा मृत फेला परेकी थिइन्, र उनका दुई बाल छोरीहरूलाई अपहरण गरिएको थियो । उनीहरुलाई केही घण्टापछि मिसिसिपीमा फेला पारिएको प्रहरीले बताए । प्रहरीका अनुसार एक मृत र अर्को जीवित अवस्थामा फेला पारिएको छ । लुजियानाका एक व्यक्ति महिलासँग प्रेममा परेकोले उनलाई मृत्यु र अपहरणको सम्बन्धमा पक्राउ गरिएको अनुसन्धानकर्ताहरूले बताए।

लुजीयानाको ट्याङ्गिपाहोआ पेरिस शेरिफ कार्यालयका उप प्रमुख जिमी ट्राभिसका अनुसार पीडितको गाडी र उनको जीवित ६ बर्षकी बच्चालाई फेला पारिएको थियो ।

अर्को ४ बर्षिय बच्चाको शव ज्याक्सनको जङ्गल क्षेत्रमा गाडी (कार)को छेउमा फेला परेको ट्राभिसले भने। लुजियाना प्रहरीले राज्य बच्चाहरूको लागि एम्बर अलर्ट (सावधान /खतरनाक सूचना )जारी गरेको थियो ।

मंगलबारदेखि कसैले पनि उनीसँग कुरा नगरेपछि उनी हराएको सूचना दिइएको थियो । मृत्युको कारण तत्काल खुलाएको छैन।

ज्याक्सनका प्रहरी प्रमुख जोसेफ वेडले बताए अनुसार उनीहरुले मिसिसिपी मानव बेचबिखन विभागलाई सम्पर्क गरे। बालबालिका भेटिएको जङ्गल क्षेत्रमा स–साना जनावरका खोरहरू फेला परेको उनले बताए ।

“बच्चाहरूलाई यस जंगली क्षेत्रमा लगेर उनीहरूलाई टाडा लग्न खोजे,” वेडले संदिग्धको बारेमा भने । “यो एक डरलाग्दो दुखद अवस्था थियो जुन कायरले गरेको बताए ।”

प्रतिक्रिया