गितकार बिटु केसीको नयाँ गजल सार्वजनिक

इनेप्लिज २०८१ जेठ २५ गते १८:४५ मा प्रकाशित

 

काठमाडौं ,नेपाल । 

चर्चित गायक तथा संगितकार राज सागरको स्वरमा गितकार बिटु केसीको नयाँ गजल अस्ति बिहिवार यूटुब मार्फत सार्वजनिक गरिएको छ। 

” तिमी छौ त्यसैले यो जीवन खास लाग्छ …..”  प्रेमील बोलको सुमधुर गजलको संगित सृजना राज सागरले नै गरेका हुन् । 

गितकार केसीले आफ्नो श्रीमान तारा बरालको जन्म दिनको अवसर पारेर यो गजल सार्वजनिक गरेको जानकारी गराइएको छ । 

संगितकार राज सागरलाई गजलका शब्दहरुले मन छोएपछि उनले आफ्नै अग्रसरतामा यसमा संगित भरेका थिए । 

डिल्लीबजार स्थित भ्वाइस अफ नेपाल स्टुडियोमा रेकर्डिङ गरिएको यो गजलको  म्युजिक एरेन्जर उदयराज पौडेल हुन् । गजलको मिक्सीङ, मास्टरिङ र रेकर्डिस्ट दिप घटानी हुन् ।

यस अघि गितकार बिटु केसीका सातवटा गीत र गजलहरु बजारमा आइसकेका छन् ।

पुरा गीत सुन्न यहा थिच्नु होला :

प्रतिक्रिया