अमेरिकाको अलाबामा राज्यको मोन्टगोमेरी काउन्टीको एक किराना पसलमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ ।
मोन्टगोमेरीको एउटा सानो किराना पसलमा गोली प्रहार गरी तीन जनाको हत्या गरिएको छ ।
अलाबामाको राजधानी शहरमा ल्याटिनो-स्वामित्व भएका व्यवसायहरूलाई लक्षित गरी लुटपाट गरिएको प्रहरीले बताए मोन्टगोमेरीको एउटा सानो किराना पसलमा मङ्गलबार राति तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।
शहरको दक्षिणपट्टि रहेको किराना पसल टिन्डा लस हर्मानोसमा गोली हानाहान भएको थियो । गत मंगलबार प्रहरी प्रमुख साबा कोलम्यानका अनुसार बेलुका ९ बजेभन्दा केही समय अघि गोली चलेको प्रहरीलाई खबर गरिएको थियो ।
एबिसीन्यूजका अनुसार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तेस्रो व्यक्तिलाई अस्पताल लगिएको थियो जहाँ उनलाई मृत घोषित गरिएको थियो।
कार्यवाहक मोन्टगोमेरी प्रहरी प्रमुख जोन हलले पीडितहरुको पहिचान भएको बताए । जसमा ५० वर्षीय जर्ज एलिजा जूनियर, २० वर्षीय ड्यानियल लोपेज तथा ४३ वर्षीय रोमेरो लोपेज रहेका छन् । रीडले गोली हानेर मारिएका मध्ये दुईजना परिवारका सदस्य रहेको र तेस्रो व्यक्ति त्यहाँ भएको बताए।
प्रतिक्रिया