सरोज कतारको एक प्रतिष्ठित कम्पनी सुपरभाइजर पदमा काम गरिरहेको हुन्छन हेर्दा मान्छे पनि राम्रो ,आनि-
वानी व्यवहारमा एकदम उत्कृष्ट छ उसको , उ किसानको छोरा हुन ,आर्थिक अवस्था खासै राम्रो नभएकाले
खाडी जानू उसको बाध्यता हो । कमर्समा स्नातक गरेका उनी नेपालमा भविष्य देख्दैनन, अनि आफ्ना ती
डिग्रीका कागज लिएर र हरियो पासपोर्ट बोक्दै म्यानपावर धाउछन घुम्दै जाने क्रममा ,सुपरभाइजर
पोष्टको लागि इन्टरभ्यु पास गर्छन । म्यानपावरमा २२०० कतारी तलबको लागि रू ३ लाख २० हजार तिरे
दुईको लागि कतार उढछन।
समय वितेको पत्तै नहुने रहेछ कति चाडो वितेछन २ वर्ष पनि, त्यस पछि फेरि पुर्ण कतारको भिसा थपेर दुई
वर्षको पछि विवाह गर्ने भनेर नेपाल फर्किन्छन कम्पनीमा १ महिनाको छुट्टी लिएर घर फर्किन्छ। सरोज
आउनु भन्दा पहिले नै केटि- केटाको कुरा चलिसकेको थियो ।सरोज आउन साथ केटि पक्षका केही मान्छेहरू
केटाको घर हेर्न भनेर आउछन सवै कुरा विस्तारमा गरेपछि , केटि पक्षका उनीहरूले केटि हेर्नेको लागि दुई दिन
पछि आउन निम्तो दिए विदा भई जान्छन। सरोजका परिवार पनि वरमाला को तयारी गरेर सरोज ,उसको
बाबालाई लिएर उनीहरूको निम्तो स्विकार्दै बोलाएको दिन साझमा केटि ( रमा)को घरमा पुग्छन।रमाले
उनीहरूलाई स्वागत गर्छिन र वैठक कोठामा लगेर जान्छिन, उनीहरू कुरा गर्दै गर्छन तर रमा चिया बनाउन
भान्सामा पस्छिन, उता रमाको आमा- बुबा,केटा र केटाको बुबा गफ गरिरहेका हुन्छन, त्यतिकैमा रमा पनि
चिया लिएर पुग्छन उनीमा डरमा , हल्का लज्जाउदै चिया बाढछिन।रमाको बाबा-आमाले केटा पहिले नै मन
पराई सकेको हुनाले केटा-केटी लाई कुराकानी गर्न भनेर समय दिन्छ ।केटा- केटि दुवै केही समयको वार्तालाप
पछि मन परापर हुन्छ। खुलेरै कुरा गर्छन। केटा -केटिको लग्न(चिना) पहिले नै हेरिसकेका हुनाले सोही दिनै
रमाले फुलमाला पहिराउछिन , सरोजले पनि माला लगाई दिन्छन केटिका आमा -बाबाले पनि दुवै (छोरी-
ज्वाइँ)लाई टीका लगाइदिन्छन। केटा पक्षकाले १० दिन पछि विहे गर्ने भनेर केटी पक्षकोमा निधो गरेर जान्छन
, यता केटा पक्षका विवाहको वन्दोवस्तोमा लाग्छन। त्यतिकैमा केटिको घरमा एकजना युरोप बस्ने पि. आर
वाला केटा, केटि माग्न भनेर रमाको घरमा पुग्छन , रमाको आमा-बा सल्लाह गर्छ ,यो केटा सगँ हाम्री छोरी
दिन पाए त , आहा! हाम्री छोरीले पनि सुःख पाउछे,युरोप जान्न पाउछे,यो केटा त पि. आर हेल्डर हो नी त।
हाम्री छोरी पनि युरोप पुग्छिन अनि हामी पनि छोरी सगँ युरोप धुम्न जान पाईन्छ भन्दै भलाकुसारी गर्छन,
उनीहरू पि. आर र धनको प्रलोभनमा पर्छन, उनीहरूले वाचा फेरेर त्यहि पि.आर वालालाई छोरी दिन्छ।छोरी
पनि मख्ख हुन्छिन । उनीहरूले सरोजलाई आफ्नो छोरी दिएको कुरालाई मनन नै गर्दैन , रमाले पनि
अस्विकार गर्दिनँ किनकी यो कलियुग हो! यहाँ नैतिकता भन्ने हुदैन।यहाँ रमा र उहाँ परिवार पैसा
र पि.आरमा आफ्नी छोरीको जवानी लिलामी गर्दैछ। यहाँ धनी र पी.आर वाला देखे पछि केही पनि सोचिदैन,
बुझिदैन यहाँ कसैलाई मतलब छैन। छोरीले कसरी जीवन विताउछिन? स्वतन्त्रता कि दासी बनेर जीवन
विताउछिन? केटाको चरित्र कस्तो छ? परिवारले कस्तो संस्कारमा हुर्किएका छन? यो सवै कुरामा नहेरिनु
भनेको पैसा र पि.आरमा छोरी बेचे जस्तै हो। हो यो समाज पुँजीवादमा हिडिर्हदा छोरी पनि लिलामी हुन
थालेछन। हुन त धन भने पछि महादेवको त तीन नेत्र हुन्छ रे भन्थे उनीहरू त कलियुगका मान्छेहरू हुन
यसैको परिमाण स्वरूप रमा अभिभावकले सुनिल सगँ छोरीको विहेको समय पनि तोक्छन। सुनिल पनि उता
बिहेको तयारीमा लाग्छन। यता रमाको बाउ-आमाले वाहाना गरेर छोरीको बिहे अहिले गर्न नमिल्ने भयो भनेर
सरोजका बाउलाई फोन गर्छन। रमा र सरोजको बाउको घम्साधम्सी झगडा पर्छ फोन मै, त्यतिकैमा सरोज र
उसकी आमा पनि आउछन सवै कुरा सुन्छन त्यतिकै फोन काटछन रमाको बाउले र उसको नम्बर बल्कलिस्टमा
राख्छन ।रमाको बाउले यस्तो कुरा त्यहि पनि विहेको अन्तिम घडीमा आएर यस्तो कुरा सुन्दा सरोजको
परिवार भिरबाट खसेजस्तै हुन्छन। हे भगवान! हाम्रो इज्यत गयो … यो समाजमा, कस्ता-कस्ता मान्छले
जन्मलिन्छ ?
हे इश्वर! तिम्रो लिला पनि कस्तो अचम्म छ है!भनेर गुनासो गर्दै रिसले चुरिएर बस्छ, सरोजको बाउ रिसले
चुर हुँदै,भन्छन।तिनीहरूलाई अब त्यसै म कहाँ छाड्छु र? सवैलाई मारेर आउछु , तेरो छोरोलाई मेरी छोरी
दिन्छु भने त्यहि आएको त हो नि म सँग, मैले कुनै गल्ती गरेको छैन, गल्ती छ त उसकै छ, अहिले आएर
त्यस्तो गर्न मिल्छ?, त्यो सालाले , अब त्यसलाई म मरिगए पनि छाडदिन भनेर निस्कन्छ तर सरोजले
रोक्छन अनि सम्झाउछन,बाबा कुकुरले टेक्यो भन्दैमा हामीले कुकुरलाई टेक्न मिल्दैन नी म हुदाहुदै यस्तो
केही नगर्नु बाबा, हो त्यसले हाम्रो इज्जतलाई माटोमा मिलायो, तपाईलाई मेरो कारणले दुःख लाग्यो
।छाड्दिम त्यस्ता वाइयात कुराहरू,बाबा ,मैले पनि त त्यो भन्दा राम्री, संस्कारी, अर्की केटि पाउन सक्छु नि,
चिन्ता नगर्नुहोस, जो हुनु भैगो अब छाडिदिनुस, केही बिग्रेको छैन ।हाम्रो ,त्यस्ता चरित्रहिन कि छोरी पनि त
त्यस्तै चरित्रहिन नै त होलिन नि, धन्य ! भगवानले मलाई यस्तो सम्बन्धबाट जोगाइदिनु भयो। अब फेरि
,दिए नै भनेपनि ,म चाहिँ त्यो केटि सगँ विहे कदापी गर्दिन। जीवन ज्युने साथी नै चरित्रहिन भइन भने मेरो
जीवन नै नर्कमा जान्छ । हजुरलाई थाहा छ नी “हरेक सफल पुरूषको पछाडि उसकी धर्मपत्नी हात हुन्छ र
प्रत्येक असफल पुरूषको कथा भित्र पनि उसकी अर्धागिनिको हात हुन्छ” त्यति मात्रै होइन जन्मदाता
,कर्मदाता र भाग्दविदाता यश ब्रामाण्डका सक्षतका भगवान, बा-आमा सगँको सम्बन्ध पनि राम्रो हुदैन न नी
,अब चिन्ता नलिकन सुत्नुस्। भोलि ,केटिको घरमा गएरै कुरा गरौलाँ भनेर सुत्छन। भोलिपल्ट विहानै सरोज
र उसको बुबा केटिको घर पुग्छ अनि भन्छन के भयो र हजुर? किन कुरा परिवर्तन गर्नु भयो? के देख्नु भयो
हामीमा? त्यस्तो केही कुरा भए जानकारी पाउँन? नत्र हिजो कुन मुखले बोल्नुभएको थियो ? अन्न खाएको
मुखले बोल्नु भएको थियो कि अरू नै केही खाएको मुखले बोल्नु भएको थियो? तपाईंकी छोरी कहाँ छिन आजै
लिएर जान्छौं।केटिको बाउले रमालाई अगाडिनै मावल पठाएका हुन्छन,रमा तपाइहरूलाई दिए देखि यस
घरमा छैनन्, माफि पाउ हजुर अस्ति दिएको सवै कुरा फिर्ता गर्छु, छोरीको बिहे गर्न मन गरेकी छैन, उसलाई
मन छैन भने, कसरी हामीले उसलाई तपाईंको हातमा सुम्पिनु? भन्छन ,रमाको बाउले अनि सरोजले भन्छन
मन थिएन भने पहिले नै भनेको भए भैहाल्थ्यो नि, किन हुन्छ भनेर वचन दिएकी त उनीले ? के तपाईकी छोरी
पागल हुन ? मानसिक रोगी छन कि क्याहो? अहिले उनी कहाँ छिन? उनीसगँ म कुरा गर्छु भन्छन तर केटिको
अतोपतो नभए पछि रिसाउदौ बाउलाई लिएर सरोज घर फर्किन्छ। घरमा पुग्छ र बाबा-आमालाई भन्छन जे
जे हुनु भैगो छाडिदिम, अब मेरो विदा पनि धेरै छैन, हामी केही दिनको लागि घुम्न जाउ काठमाडौ
भन्छन।बाबा- आमाले पनि हुन्छ भनेर बचन दिन्छन केही दिनमा सवै परिवार घुम्न भनेर काठमाडौ जान्छ।
छोराले सवै ठाउँमा घुमाउछन ३-४ दिन सम्ममा, त्यस पछि गाउँ फर्किन्छन। केही दिनमा त्यो केटी रमाको
विहे पि.आर वाला सगँ हुन्छ। त्यसको ३-४ पछि सरोज आमा- बाबालाई गाउँमा छाडेर विदेश फर्किन्छन।
यता रमा पनि विहे गरेर सुनिल सगँ नेपालको प्रख्यात ठाउँ सवै घुम्न जान्छन ,कहिले हनिमुन भन्दै पोखरा
जान्छन त कहिले विविध मन्दिर धाउछन १-१.५ महिना पछि युरोप जान्छिन।१-२ हप्ता घुम्छन युरोपमा
पनि ,उनीहरू सगँ पैसा सकिन लागे पछि रमा किल्नर काम खोजेर काम गर्न जान्छिन, सुनिल पहिलेको
कम्पनी मा ड्रिसवासमा अर्थात भाडा माझ्ने काम) काम गर्न जान्छन ।बल्ल रमालाई थाहा हुन्छ, आफ्नो
बुढाको हैसियत ,दुवै व्यस्त हुन्छन लोग्ने र स्वास्नीको भेट पनि महिनामा एकदिन हुन्छ, किनकी सुनिल त्यहि
कम्पनी उपल्ब्ध गरेको कामदार राख्ने डिपार्टमेन्ट मै बस्छन। रमा भने शेयरिङमा फिलिपिन्सको सगँ बस्छिन
सुत्न कोठा चाहिँ दुईवटा भएको र किचेन चाहिँ कमन हुन्छ। सुनिल महिना १ पटक भेटन भने आउछन, त्यै
पनि जहिल्यै टन्न वियर खाएर मातेर आउछन।उल्टै गाली गर्न थाल्छन, तेरो परिवार यस्तो /उस्तो नाना-
भाती कुरा गर्छ , उमालाई पनि रिस उठछ ,त जड्याहा पनि कुन चाहिँ गतिलो होस र? तेरो नि परिवार पनि
त कहाँ र के गतिलो छ र? ।त्यति भन्ना साथ सुनिलले रमालाइ पिटन थाल्छ ।पिटाई खाएर अनुहार जता ततै
सुनिएको हुन्छ। त्यतिकैमा दुवै अलग अलग सुत्छन । भोलि पल्ट विहानै ,सुनिल उठेर पुर्ण काममा जान्छ।रमा
रूदै बस्छिन,त्यहि देशमा रहेकी आफ्नी साथीलाई बोलाउछिन र हस्पिटल जान्छिन, चेकअप गरेर अौषधी
लिएर साथीकै रूममा फर्कन्छिन,उसले आफ्नो आमा र घरमा नभन्नु भन्दै सवै समस्या र गुनासोको नालि-वेलि
आफ्नी साथीलाई सुनाउछिन ।रमाकी साथीले कसम खादै भन्छीन सुनाउदिन हो सुनाउदिन।
यता सरोज पनि एउटा योग्य व्यक्ति भएकोले खाडी भएपनि कुर्चीमा बसेर महिनाको १.५ लाख कमाउछन
।गएको १ वर्षपछि विहे गर्न भनेर नेपाल आउछन।साधारण तर मेहनती अनि पढाइमा पनि मास्टर गरेकी
विद्यालय पढाउने अनु सगँ विहे गर्छन।
बिहे गरेको केही समयमा उनी गर्ववती हुन्छिन ,सरोज पनि अनुलाई बुबा-आमा सगँ छाडेर विदेश
जान्छन।अनुले पनि घर र माइती दुवैलाई मिलाएर राखेकी छन।सामाजिक कार्यमा पनि उनी गाउँकै
अग्रस्थानमा छिन। सवैले उनीलाई माया र सम्मान गर्छन। केही महिना पछि उनीले जुम्ल्याहा बच्चा
जन्माउछिन जसमा १ छोरा र १ छोरी हुन्छ। त्यसपछि उनीले लोक सेवा आयोग पनि भिड्दै आएकोमा यस
पल्ट उनीको नायब सुब्बामा नाम निकाल्छिन।सवै तिर खुसियाली छाउदै गएको छ।उनी घरकी बुहारी
भएपनि छोरी जस्तै बनेर बसेकी छिन।भाग्यवश उनी आफ्नै गाउँपालीकाको सुब्बा भएर आएकी छिन, उनीको
अब शिक्षिका बाट सुब्बा साहेब भनेर बोलाउन थालिएको छ।छोरो-छोरी पनि राम्रै बोडिङ् स्कुल हालेका छन
।सरोज पनि बेला बेला आइरहन्छन्, घर र ससुराली दुवैमा उनलाई अति माया गर्छन, भने समाजका
मान्छेहरूले पनि सम्मान गर्छन।उनी सहयोगी पनि छन दिनदुःखीको सहयोगमा कुनै कञ्जुस्याँइ गर्दैनन।यी
दुईको जोडीले महिनामा १ लाख ९० हजार जति कमाउछ ।अनि खुसी पनि छन । एक- अर्कोमा सम्मान गर्छन,
बदलाको भाव राख्दैन,दुवै मिलेर अधि बढेका छन अर्थात नमुना जोडीनै भन्नुपर्छ।लोग्ने स्वास्नी भनेको एक-
अर्काे परिपुरक हुन जुन यो जोडी छन।उनीहरू खुसि पनि छन।
अर्को तिर रमा र सुनिलको सम्बन्ध चिसिदै गएको छ ,पहिलेको गल्तीलाई रमाले लोग्ने स्वास्नी झगडा
परालको आगो सम्झिन्छिन। केही दिन मिल्छन , त्यसको ३-४ महिना पछि फेरि झगडा पर्छ,पुर्ण फेरि सुनिल
नसुध्रिएपछि अब चाहिँ उनीहरू डिभोस् गर्ने कुरा गर्छन,रमाले वकिललाई डिभोर्सको पत्रलेखाउन लगाउछिन
त्यो निवेदन प्रतिनिधि पात्र बनाए डिभोर्सको निवेदन अदालत सम्म पुग्छ।यो कुरा सुनिले थाहा पाउछ तर
उनीले पनि त्यसलाई खासै मतलब राख्दैन झन सुनिल दैनिक जसो रक्सिमा मस्त हुन्छन।रमा पनि साथीको
लैलैमा लागेर मदिरा पिउने सम्म पुगेकी छिन।यो कुरा रमाको परिवार थाहा भएको दिन देखि उनीहरूको चेत
खुलेको छ। अहिले “न्याउरी मारि पशछुतो भएको छ”।रमाको जीवनमा हामीले पनि कत्रो ठूलो गल्ती गर्यौ
,पि.आरको पछि लागेर आफ्नै छोरीलाई बिगार्यौ।त्यो सरोज त अहिले सानदार जीवन विताईरहेकोछ ।हाम्री
छोरी नर्कमा गई दु:ख पाई अहिले।
सुनिल र रमा सम्बन्ध विच्छेद को जस्तै छ ।बोल चाल देखि भेट- घाट पनि केही छैन। १० दिन काम गर्ने १०
दिन मस्त रक्सी नसामा ढुबेर बस्ने भएको छ। रमा पनि फ्रस्टेड भएर बसेको थाहा पाएर उसका बाबा- आमाले
नेपाल झिकाएका छन। सुनिल भने उतै छन उसको बुबा-आमा वितिसकेकाले ,दाजुभाइलाई पनि खासै वास्ता
नभएकोले कमाउने खानेमा व्यस्त छन। एउटा विवाह जसले कसैलाई असल मान्छे बनायो त्यहि विवाह
जसले कसैको जीन्दगीनै वर्वादिमा पुर्यायो। जीवन विताउने सहयात्री छान्दा स्वार्थ भन्दा माथि रहनुस।
✍️रूपेश कार्की (बद्री प्रयास) साहित्यकार तथा लेखक
प्रतिक्रिया