नेदरल्याण्डको विमानस्थलमा विमानको चलिरहेको घुम्ने यन्त्र (टर्बाइन इन्जिन)मा फसेर एक व्यक्तिको मृत्यु

इनेप्लिज २०८१ जेठ १७ गते ११:१२ मा प्रकाशित

नेदरल्याण्डको अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको चलिरहेको घुम्ने यन्त्र (टर्बाइन इन्जिन)मा फसेर एक व्यक्तिको मृत्यु भएको छ । उक्त घटना एम्स्टर्डमको सिफोल विमानस्थलमा भएको हो।

एम्स्टर्डमको अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको चलिरहेको टर्बाइन इन्जिन(घुम्ने यन्त्र)मा फसेर एक व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

केएलएम रोयल डच एयरलाइन्स(बिमानसेवा)ले बुधवार डेनमार्कको लागि जाँदै गरेको विमानको चालिरहेको विमानको यन्त्रमा परि एक व्यक्तिको ज्यान गएको घोषणा गरेको छ ।

बिमानसेवा केएलएमले उडान केएल१३४१ बिलुन्ड जाँदै गरेको जनाएको छ । हामी हाल सिफोलमा घटनाका साक्षी यात्रु र कर्मचारीहरूको हेरचाह गरिरहेका छौं भन्दै बिज्ञप्ति जारी गरेको छ ।

अधिकारीहरूले मारिएका व्यक्तिको पहिचान खुलासा गरेको छैन । उनि यात्रु, कर्मचारी वा नजिकका व्यक्ति थिए भन्ने बारेमा सार्वजनिक नगरेको एबिसीन्यूजले जनाएको छ ।

शिफोल विमानस्थलमा प्रति वर्ष लगभग ७२ मिलियन यात्रुहरू आवत जावत गर्छन भने र युरोपको तेस्रो व्यस्त विमानस्थल हो। अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेको र थप जानकारी हुने बित्तिकै समाचार सार्वजनिक गरिने जनाएको छ ।

प्रतिक्रिया