चीनका सी जिनपिङद्वारा इजरायल-हमास युद्धमा शान्ति सम्मेलनको आह्वान

इनेप्लिज २०८१ जेठ १७ गते १०:४९ मा प्रकाशित

चीनका सी जिनपिङले इजरायल-हमास युद्धमा शान्ति सम्मेलनको आह्वान गरेका छन् ।

चिनियाँ नेता सी जिनपिङले इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीचको युद्धमा शान्ति सम्मेलनको आह्वान गरेका छन् । गाजा संकट समाधान गर्न दुई राज्य समाधानका लागि बेइजिङको समर्थन दोहोर्‍याएका छन्।

“गत अक्टोबरदेखि प्यालेस्टाइन-इजरायली द्वन्द्व तीव्र रूपमा बढेको छ, जसले जनतालाई ठूलो पीडामा फसाएको छ। युद्ध अनिश्चित कालसम्म चलिरहनु हुँदैन। न्याय सधैंको लागि अनुपस्थित हुनु हुँदैन,” सीले बिहीबार चीन-अरब राज्य सहयोग मञ्चमा भने।

सीले प्यालेस्टिनी राज्यको स्थापना र संयुक्त राष्ट्र संघमा यसको पूर्ण सदस्यतालाई चीनले समर्थन गरेको र “अधिक व्यापक, आधिकारिक र प्रभावकारी अन्तर्राष्ट्रिय शान्ति सम्मेलनलाई समर्थन गर्ने” कुरा दोहोर्‍याए।

चीनले गाजामा मानवीय संकट र द्वन्द्वपछिको पुनर्निर्माणलाई सहयोग गर्न थप ५० करोड युआन (७ करोड डलर ) उपलब्ध गराउने सीले मंचमा बताए । आफ्नो सहयोग कुल ६० करोड युआन (८४ मिलियन डलर )मा पुर्याएको छ।

सिएनएनका अनुसार इजिप्ट, बहराइन, ट्युनिसिया र युएईका नेताहरूसँगै अरब राज्यहरूका झण्डै दुई दर्जन प्रतिनिधिमण्डलहरू बेइजिङमा छन्, जसले यस हप्ता सीसँग छुट्टाछुट्टै भेट गरिरहेका छन् । यो मध्यपूर्वमा चीनको सम्बन्ध सुदृढीकरण र प्रयासहरूको सङ्केत हो।

“हामीले चीन-अरब मित्रताको भावनालाई अगाडि बढाउन, एकसाथ राम्रो भविष्य निर्माण गर्न हाम्रा अरब साथीहरूसँग काम गरिरहने छौँ,” सीले प्रतिनिधिहरूलाई भने।

प्रतिक्रिया