गाजाको पश्चिम किनारा तथा उत्तरी गाजामा भएको आक्रमणमा ३ इजरायली सैनिकको मृत्यु

इनेप्लिज २०८१ जेठ १७ गते १०:३२ मा प्रकाशित

गाजाको पश्चिम किनारा तथा उत्तरी गाजामा भएको आक्रमणमा ३ इजरायली सैनिकको मृत्यु भएको इजरायल रक्षा बलले जनाएको छ । आइडिएफका अनुसार नियन्त्रित पश्चिम किनारा (वेस्ट बैंक)मा भएको आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु भएको छ ।

बुधबार राति नाब्लस नजिकै भएको आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु भएको हो । गत बुधबार भएको आक्रमणमा एलिया हिलेल तथा शविशा हर्साजको ज्यान गएको आइडिएफले बताएको छ ।

त्यस्तै आइडिएफले दिएको पछिल्लो जानकारी अनुसार उत्तरी गाजामा अर्को एक सैनिकको मृत्यु भएको छ । इजरायलको सेनाले उत्तरी गाजामा लड्ने क्रममा २१ वर्षीय येदिदिया अजोगी नामका एक सैनिक मारिएको जनाएको छ ।

बिहीबार जारी विज्ञप्ति अनुसार अजोगी १०१ औं सैनिक गणका सिपाही थिए । अहिले सम्म मारिने इजरायली सैनिकको संख्या २९२ पुगेको छ ।

प्रतिक्रिया