तीन अश्वेत पुरुषहरूद्वारा जातीय भेदभाव भन्दै अमेरिकी एयरलाइन्स विरुद्ध मुद्दा , शरीरमा दुर्गन्ध आएको कारण बिमान छोड्न आदेश

इनेप्लिज २०८१ जेठ १७ गते ०:२१ मा प्रकाशित

जनवरीमा अमेरिकन एयरलाइन्स(बिमानसेवा)को विमानबाट छोटो समयका लागि बिमान छोड्न आदेश दिएको भन्दै ३ जना अश्वेत यात्रुहरूले जातीय भेदभावको शिकार भएको आरोप लगाउँदै बुधबार एयरलाइन्स (बिमानसेवा)विरुद्ध मुद्दा दायर गरेका छन्।

तीमध्ये तीन जनाले न्यूयोर्कको संघीय अदालतमा मुद्दा दायर गरेका थिए। उनीहरूलाई अमेरिकाको एरिजोनाको फिनिक्समा उडानको लागि कुर्दै एउटा विमान छोड्न भनिएको थियो । साथै अन्य पाँच अश्वेत पुरुषहरूलाई पनि उडान छोड्न आदेश दिइएको उनीहरुले बताए ।

एकअर्कालाई नचिनेका र विमानको विभिन्न भागमा बसेका तीनैजनालाई विमान परिचारकले यात्रुको शरीरमा दुर्गन्ध आएको गुनासो गरेका कारण उनीहरूलाई हटाइएको बिमानसेवा (एयरलाइन्स)का कर्मचारीले बताए । उनीहरूलाई जातिको कारणले मात्र हटाउनको लागि लक्षित गरिएको पुरुषहरूले प्रतिक्रिया दिए ।

पछि बिमानसेवाले उनीहरूलाई पुन: आरक्षित ( बुक )गर्न प्रस्ताव गरे, तर जब त्यो साँझ न्यूयोर्कका लागि अन्य उपलब्ध उडानहरू नभए पछि लगभग एक घण्टा पछि उनीहरूलाई विमानमा चढ्न अनुमति दिइएको एबिसीन्यूजले जनाएको छ ।

विमानसेवाले एक विज्ञप्ति जारी गर्दै भनेको छ , “हामी भेदभावका सबै दावीहरूलाई गम्भीरताका साथ लिन्छौं र हाम्रा ग्राहकहरूले हामीसँग उडान गर्ने छनौट गर्दा उनीहरूले सकारात्मक अनुभव गरोस् भन्ने चाहन्छौं,” “हाम्रा टोलीहरूले हाल यस विषयमा अनुसन्धान गरिरहेका छन्, किनकि दावीहरूले हाम्रो मूल्य मान्यताहरू अथवा मानिसहरूको हेरचाह गर्ने हाम्रो उद्देश्यलाई प्रतिबिम्बित गर्दैनन्।” बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया