अन्तरास्ट्रिय नुवाकोट समाज गठन

इनेप्लिज २०८१ जेठ १६ गते २२:२६ मा प्रकाशित

मे २६ , २०२४ अमेरिका

नुवाकोट घर भै अमेरिका लगायत संसारभर बसोबास गर्दै आएका नुवाकोटेहरुको सस्था अन्तरास्ट्रिय नुवाकोट समाज ( International Nuwakot Society- INS) स्थापनाको कार्यक्रम सम्पन्न भएको छ । हिजो जुम मार्फत भेला भएका नुवाकोटे हरुको भेलाले २१ सदस्सिय कार्यसमिती , २४ सदस्सिय सल्लाहकार समिती र बिभिन्न देशका १७ जना सम्पर्क सम्योजक र सदस्यहरुको घोषणा गरेको छ ।

सस्थाको अध्यक्षमा ईन्द्र सिटौला , वरिस्ठ उपाध्यक्षमा राम बाबु पाण्डे , उपाध्यक्षहरुमा राघब लामिछाने ,बसन्त पाण्डे , कोमल डोटेल र रामहरी धिताल सर्वसम्मत चयन् भएका छन । महासचिवमा सन्जिब उप्रेती , सचिवमा आदित्य थापा र बिनय खतिवडा , कोषाध्यक्षमा इश्वर अधिकारी , सदस्यहरुमा राजेन्द्र अधिकारी ,बिष्णु खड्का , गोकर्ण राज पाण्डे , गंगा अधिकारी खनाल , अस्मिता रिमाल , देबकी पन्त , शिवराम लामिछाने, निरन्जन रिसाल , रमेश गिरी , शंकर सिलवाल र बिरोचन नेपाल रहेका छन ।

सस्थाको सल्लाहकारहरुमा बिष्णु मान प्रधान , अमृत सापकोटा , बासुदेब भण्डारी , कृष्ण लोहनी , सुजन पण्डित , बुद्दीमान तमाङ , राजेश अर्याल , कोपिला अधिकारी , राम चन्द्र भट्ट , किशोर पण्डित , महेश खड्का बिष्णु रानामगर , हरीराम भण्डारी , बिष्णु खनाल , योगेश आदी , कपिल भण्डारी , बिनी पाण्डे , दामोदर दास , सर्मिला दहाल् , राम कृष्ण भट्ट , सन्तु तमाङ , कल्पना पाठक थपलिया , अनु तमाङ र बिष्णु आचार्य रहनु भएको छ ।

सस्थाको सम्पर्क सदस्यहरुमा जापानबाट भानु आचार्य , गोबिन्द भण्डारी र सुरज दहाल् , बेल्जियमबाट स्पर्श जंग पाठक , अस्ट्रेलियाबाट बिष्णु सिटौला , यु के बाट सुनिता थापा , न्युजिल्याण्डबाट अच्युत मैनाली , बद्री पाण्डे र दिबश श्रेष्ठ , कतारबाट सुजन तिम्सिना , मकाउ बाट बासु सिटौला र नर्वे बाट सरोज थापा रहेका छन ।

क्यानडा सयोंजकमा आनन्द नेपाल , पोर्चुगल सयोंजकमा राज अधिकारी , पोल्यान्ड सयोजकमा कृष्ण थापा र नुवाकोट पञ्चकन्या गाउपालिका सयोंजकमा सुदिप बुढाथोकी चयन् भएका छन ।

सस्थाका सयोंजक एवम अध्यक्ष ईन्द्र सिटौलाले नुवाकोटको ठुलो जनशक्ती अहिले संसारका बिभिन्न देशहरुमा पुगेको र उनिहरुलाई एउटै सस्थामा आबद्द गराइ आफ्नो जन्मस्थान प्रतिको सम्वन्ध मजबुद बनाउन र जिम्मेवारी बोध गराउन यो सस्थाले महत्वपूर्ण भूमिका निर्बाह गर्ने बताउनु भयो । सस्थाले आगामी दिनमा नुवाकोट , अमेरिका र संसारभर आवश्यक पर्दा मानविय र सामाजिक कार्यहरु गर्ने वहाँले बताउनु भएको छ । कार्यक्रममा स्वागत मन्तब्य राघब लामिछानेले दिनु भएको थियो । कार्यक्रम सन्चालन ईन्द्र सिटौला र कार्यसमितीको घोषणा कार्यक्रमका अध्यक्ष बिष्णु मान प्रधानले गर्नु भएको थियो । कार्यक्रममा नुवाकोट का ख्याती प्राप्त लोकदोहोरी गायक राजेन्द्र पाठक ले आफ्नो प्रस्तुती दिनुभएको थियो ।

प्रतिक्रिया