औषधिय प्रयोजनका लागि गाँजाको व्यवसायिक खेती गर्न पाउने

बेद प्रसाद घिमिरे २०८१ जेठ १५ गते १०:४८ मा प्रकाशित

सरकारले औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक खेति गर्न सरकारले अनुमति दिने भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेक्रममा अर्थमन्त्री बर्षमान पुनले औषधीय प्रयोजनका लागि गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने घोषणा गर्नु भएको छ।

अघिल्लो बजेटमा पनि गाजा खेतिका लागि कानुन बनाउने घोषणा गरिएको थियो। गाजा खेति सम्बन्धि विधेयक यस अगाडि सांसद शेरबहादुर तामाङले दर्ता गराउनु भएको थियो। तत्कालीन सांसद तामाङले पनि गाँजा खेतीको वैधानिकताको माग गर्दै आउनुभएको थियो थिए।

औषधीय प्रयोजनका लागि गाँजा खेतीको अनुमति दिन मापदण्ड बनाउन गृह मन्त्रालयले छलफलसमेत चलाएको थियो। नेपालका विभिन्न भागमा अहिले पनि गाँजा खेती हुने गरेपनि प्रहरीले मास्ने गरेको छ।

प्रतिक्रिया