अस्ट्रेलियाको प्रहरीले एक व्यक्तिलाई विमानमा नग्न दौडिएको आरोपमा पक्राउ

इनेप्लिज २०८१ जेठ १५ गते १०:३८ मा प्रकाशित

अस्ट्रेलियाको प्रहरीले एक व्यक्तिलाई विमानमा नग्न दौडिएको आरोपमा पक्राउ गरेको छ ।

अष्ट्रेलियाको आन्तरिक उडानमा नग्न भएर दौडिने र उडान परिचर/परिचारिकालाई ठक्कर दिएर विमान फिर्ता गर्न बाध्य पारेको आरोपमा प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ ।

अष्ट्रेलियाको घरेलु उडानको आएल ( बिमानको दुई तर्फ सिटको बीचको बाटो )मा नग्न दौडी उडान परिचर/परिचारिकालाई धक्का दिदै लड़ाउदा विमान फिर्ता गर्न बाध्य पारेको आरोपमा एक व्यक्तिलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको अधिकारीहरूले मंगलबार बताएका छन् ।

सोमबार राति पश्चिमी तटीय शहर पर्थबाट पूर्वी तटमा रहेको मेलबर्नका लागि भर्जिन अष्ट्रेलियाको उडान ३ घण्टा ३० मिनेटको निर्धारित समयमै उक्त घटना भएको हो ।

उडान भिए ६९६ अशान्तिकारक यात्रुको कारणले पर्थ विमानस्थलमा फर्किएको बिमानसेवाले बिज्ञप्तिमा जनाएको छ ।

अष्ट्रेलियाको संघीय प्रहरी अधिकारीहरू विमानको लागि पर्खिरहेका थिए र उनलाई तुरुन्तै झारियो । उक्त मानिसलाई मूल्याङ्कनका लागि अस्पतालमा लागिएको प्रहरी विज्ञप्तिमा भनिएको छ।

विमानमा यात्रुले आफ्नो लुगा कसरी र कहाँ हटाए भन्ने स्पष्ट हुन नसकेको एबिसीन्यूजले उल्लेख गरेको छ ।

प्रहरीले उक्त व्यक्तिलाई जुन १४ मा पर्थको अदालतमा हाजिर हुने अपेक्षा गरेको छ। उनीमाथि के अभियोग लगाइने छ भन्ने टुंगो लागिसकेको छैन।

यात्रु र चालक दलको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै बिमानसेवाले सबै सँग माफी मागेको छ। अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशनले घटनामा कोही पनि घाइते नभएको बताएको छ।

प्रतिक्रिया