रफाहको अस्थायी शिविरमा आक्रमण हुँदा कम्तीमा ४५ जनाको मृत्यु :इजरायली हमला “दुखद गल्ती” नेतान्याहु

इनेप्लिज २०८१ जेठ १४ गते २१:११ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतवारको रफाह शिविरमा भएको घातक इजरायली हवाई हमला दुःखद रूपमा गलत भएको बताएका छन्।

“हाम्रो सक्दो प्रयासको बावजुद, संलग्न नभएकाहरूलाई हानि नगर्ने, दुर्भाग्यवश हिजो राति एउटा दुखद गल्ती भयो। हामी मुद्दाको अनुसन्धान गरिरहेका छौं,” नेतन्याहुले सोमबार इजरायली नेसेटमा एक भाषणमा आक्रमणको बारेमा भने।

गाजामा रहेको सरकारी संचार माध्यम कार्यालयका अनुसार इजरायली हमलामा विस्थापित मानिसहरूको शिविरमा आक्रमण हुँदा कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै २०० जना घाइते भएका छन्।

इजरायली रक्षा बल (आईडीएफ) ले सोमबार एक विज्ञप्ति जारी गर्दै । इजरायली सेनाले तथ्य पत्ता लगाउने र मूल्याङ्कन संयन्त्रले आइतबार रफाहमा गरिएको हवाई आक्रमणको अनुसन्धान गरिरहेको बताएको छ ।

यो घटना लगत्तै संयुक्त राष्ट्रसंघका एक शीर्ष अधिकारीले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै भने अस्थाई पालमा बस्ने बालबालिका र महिलाहरू आइतबार रफाहमा विस्थापित मानिसहरूको शिविरमा इजरायली हवाई हमलामा मारिनेहरूमध्ये थिए । हिजो रातीका तस्बिरहरूले रफाह कसरी पृथ्वीमा नरकमा परिणत भएको प्रमाण हो ,उनले आक्रोश पोखे ।

मानवअधिकारका लागि संयुक्त राष्ट्रसंघका उच्चायुक्त भोल्कर टर्कले आइतवार रफाहमा विस्थापित व्यक्तिहरूको आवास शिविरमा इजरायलले गरेको “भयानक” हमलाको निन्दा गरेका छन्।

प्रतिक्रिया