अमेरिकामा सन् १९९७ मा स्थापना भएको अमेरिका नेपाल मेडिकल फाउनडेसन(एएनएमएफ)को २८ औ बार्षिक साधारण सभाको तयारी तीब्रगतिमा अगाडी बढ्दै गरेको आयोजकले इनेप्लिजलाई बताए ।
आगामी जुन ७-९ सम्म अमेरिकाको इलोनोई राज्यको शिकागोमा हुने कार्यक्रममा अमेरिकाका बिभिन्न राज्य तथा नेपालबाट समेत सहभागिता हुने भएको छ । जुन ७-९ सम्म चल्ने ३ दिने कार्यकमको लागि सबै कार्यक्रम सूची एएनएमएफको आधिकारिक संजालस्थल(वेबसाइट)मा दिइएको छ ।
सम्मेलनको पहिलो दिन अर्थात् जुन ७ शुक्रबारका दिन बिहान ८ बजे देखि ४ बजे सम्म स्वास्थ्य सम्बन्धी कार्यक्रम ,नगर यात्रा,गल्फ तथा भकुण्डो (सकर)कार्यक्रमहरुको आयोजना हुनेछ । उक्त दिन अमेरिकाका बिभिन्न राज्यहरुबाट सदस्य तथा आमन्त्रित अतिथिहरु पुग्ने छन् । त्यस्तै दिउसो ४ बजे देखि दर्ता खुला रहने छ ।
सोही दिन साँझ ६ बजे देखि ११ बजे सम्म भेटघाट तथा एक आपसमा नेटवर्किङ्ग बिस्तार अर्थात् जालक्रम वृद्धि राखिएको छ । सम्मेलनको मुख्य दिन जुन ८ शनिबार रहेकोले ७ देखि ८ बजे बिहान खाजा कार्यक्रम राखिएको छ ।
७ :४५देखि १२ बजे सम्म पहिलो चरणमा उद्घाटन समारोह हुनेछ । स्वागत कार्यक्रममा आयोजक समितिका सभापति बिकाश भट्टराईले स्वागत गर्नेछन ।
साथै एएनएमएफका अध्यक्ष बिनोद खड्काले स्वागत मन्तब्य राख्नेछन् । त्यस पछि नेपालको राष्ट्रपति राम चन्द्र पौडेलको संदेश पढेर सुनाईने छ । त्यस पछि सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुति लगायत बिभिन्न वक्ता सहितले बोल्नेछन् ।
ठिक मध्यान्हमा राउण्ड टेबल डिसकसन (गोल मेच छलफल)हुनेछ भने साँझ ६ बजे ११ बजे सम्म गाला रात्री भोजन हुनेछ । ११ बजे देखि १२ बजे मध्य रात्री सम्म मंगोलियन हर्टका राज्य लामाको प्रस्तुति हुनेछ ।
जुन ९ आइतबारका दिन नयाँ समितिको घोषणाको साथै १० बजे बिहान सम्मेलन स्थगित हुनेछ ।
अमेरिकामा सन् १९९७ मा स्थापना भएको अमेरिका नेपाल मेडिकल फाउनडेसन(एएनएमएफ)ले कर्णाली एकाडेमी एफ हेल्थ साइन्सेसको लागि ब्लड बैंक बनाउन १ करोड २२ लाख रुपैंया सहयोग गर्ने भएको छ । यो परियोजनाले महत्वपूर्ण स्वास्थ्य सेवाको आवश्यकतालाई सम्बोधन गर्ने, आपतकालीन तयारीमा बृद्धि गर्ने, सामुदायिक संलग्नतालाई प्रवर्द्धन गर्ने र नेपालको सबैभन्दा ग्रामीण क्षेत्र मध्येको एक कर्णाली प्रदेशको जनसंख्याको समग्र कल्याणमा योगदान दिने अपेक्षा गरिएको छ। कर्णाली एकाडेमी एफ हेल्थ साइन्सेसका उपकुलपति चिकित्सक डा मङ्गल रावल एएनएमएफको शिकागोको २८ औ बार्षिक साधारण सभामा आउने भएका छन् ।
बिगत २७ बर्षमा अमेरिका नेपाल मेडिकल फाउनडेसन(एएनएमएफ)ले ३०० वटा परियोजनामा काम गरि सकेको छ ।
स्मरण रहोस ,एएनएमएफ अमेरिकामा गैर मुनाफा सामाजिक संस्थामा आधिकारिक रुपमा दर्ता भएको सँस्था हो । शिकागोमा प्रमुख वक्ताको रुपमा कुलचन्द्र गौतम पनि आउने बताए ।
कुलचन्द्र गौतम एक प्रतिष्ठित सार्वजनिक नीति विशेषज्ञ, र मानव अधिकार कार्यकर्ता हुन्। उनी युनिसेफका पूर्व उप कार्यकारी निर्देशक र संयुक्त राष्ट्र संघका सहायक महासचिव पनि हुन्। अन्तर्राष्ट्रिय कूटनीति, विकास सहयोग र मानवीय सहायता सम्बन्धी उनिसँग व्यापक अनुभव रहेको छ।
बिस्तृत जानकारी लिन यहाँ थिच्नु होला : https://conference.anmf.org/
प्रतिक्रिया