अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव प्रचार प्रसारकै क्रममा अमेरिका आउने आप्रवासीहरूले “सेना” गठन गरि रहेको दाबी गरेका छन् । उनको उत्तेजित भाषण गर्दै गर्दा आम सभामा आएका भिडले उनीहरुलाई फिर्ता पठाउन चर्को नारा लगाएका छन् ।
एबिसीन्यूजले ट्रम्पले झूटो दाबी गरेको जनाएको छ । प्रमाण र आधार नभई चुनाव प्रचार प्रसारमा यस्तै नाराहरु लगाई भिड र जुलुसलाई यसरी आफू तिर तान्ने प्रयास गरि रहेका छन् । बजार सर्वेक्षण र मत सर्वेक्षणमा राष्ट्रपति जो बाइडेनभन्दा उनि अगाडी छन । आगामी नोभेम्बर ५ ,२०२४ मंगलबारका दिन हुने निर्वाचनमा उनले बाजी मार्ने पनि सम्भावना रहेको छ ।
ट्रम्पले न्यूयोर्कको साउथ ब्रंक्स एक र्याली( जुलुस)मा आफ्नो आप्रवासी सम्बन्धी बिना प्रमाण अमेरिका आउने आप्रवासीहरूले “सेना” गठन गरिरहेको दाबी गरे । उनले चुनाव अभियानमा भाषण गर्दै अगाडी भने तिनीहरू अफ्रिकाबाट आउँछन्। तिनीहरू एशियाबाट आउँछन्। तिनीहरू संसारभरबाट आउँछन्। तिनीहरू मध्य पूर्व, यमनबाट आउँछन् … ।
साथै चीनबाट ठूलो संख्यामा मानिसहरू आउँछन्,” उनले भने।
” यदि तपाईहरुले यी मानिसहरूलाई हेर्नुभयो भने तिनीहरू शारीरिक रूपमा तगडा छन्। तिनीहरू १९ देखि २५ वर्षका छन्। लगभग सबैजना पुरुष छन्, र तिनीहरू लडाइको उमेर जस्तै देखिन्छन्।”
“मलाई लाग्छ उनीहरू सेना निर्माण गर्दैछन् … ” उनले भने। “उनीहरूले केही निर्माण गरि रहेका छन् । भीडले उत्तेजित हुदै “उनीहरूलाई फिर्ता पठाउनुहोस्” भन्ने नारा लगाए ।
ट्रम्पले पहिले विशेष गरी चीनबाट आएका आप्रवासीहरूको बारेमा यस्तै टिप्पणी गरेका थिए। गत महिना रूढिवादी रेडियोमा उनले सम्भवतः सेना निर्माण
गरिरहेको बताए तर उनले आफ्नो दावीलाई समर्थन गर्न कुनै प्रमाण प्रदान नगरेको सिएनएनले जनाएको छ
आफ्नो चुनावी र्याली(आमसभा)मा ट्रम्पले प्रमाण बिना नै धेरै आप्रवासीहरू “कारागारहरू” र “मानसिक पुनर्स्थापित संस्थाहरू” बाट आएको दाबी जारी राखे।
प्रतिक्रिया