पोखरामा पनि खरबुजा र तरबुजाको खेती

इनेप्लिज २०८१ जेठ ११ गते २१:२० मा प्रकाशित

पोखरा, ७ बैशाख ।

खरबुजा र तरबुजा गर्मी ठाँउमा फल्ने तराईको उत्पादनको रुपमा परिचित छ । तर, पछिल्लो समय पोखरामा पनि खरबुजा र तरबुजाको खेती हुन थालेको छ । उत्पादन राम्रो हुने र आयआर्जन पनि गर्न सकिने भए पछि यस तर्फ किसानको आकर्षण बढ्न थालेको छ । यो सिजनमा पोखरामा ४० रोपनी क्षेत्रफलमा र तरबुजाको खोती भएको छ ।

पोखरा महानगरपालिका वडानम्बर १३ ढाँडवेशीमा शुक्रबार तरबुजा किन्नेको बजर नै लाग्यो । स्थानीय रोशन बरालल र सोभियत बहादुर अधिकारीको मणिदिप कृषि फर्ममा पोखरा महानगरपालिकाले तरबुजा प्रदर्शनी तथा तरबुजा खाने प्रतियोगिता राखेको थियो । सहभागीले रमाउदै प्रतियोगितामा तरबुजा खाए । कार्यक्रममा सहभागीले पनि तरबुजा स्वादिलो मानेर खाए ।
फर्ममा पहिलो पटक तरबुजा खेती गरिएको थियो । पहिलो उत्पादन नै सफल भए पछि लागानी कर्ता उत्साहित थिए । तीन रोपनीमा ४ सय ३० बोट लगाइएकोमा चार क्विनटल भन्दा बढि उत्पादन हुने व्यवसायी रोशन बराल बताउछन् । एक लाख जति लगानी भएको उनले बताए । प्रति केजी ६० रुपैयाका दरले तरबुजा विक्री गर्दा राम्रो नाफा कमाउने उनी विश्वासमा छन् ।

पोखराका विभिन्न वडामा तरबुजाको व्यवसायीक खेती भइरहेको छ । पोखरा महानगरपालिकाले सरस्वती जातको तरबुजा खेतीको सफल परिक्षण पछि कृषकलाई व्यवसायीक खेतीका लागि सहयोग गदैँ आएको छ । माघ फागुन महिनामा रोपेर जेठसम्ममा उत्पादन गर्न सकिन्छ । यो वर्ष महानगरमा १८ टन तरबुजाको उत्पादन हुने अनुमान आर्थिक विकास महासाखा पोखरा महानगरपालिका प्रमुख मनहर कडरीया बताउछन । हेरौ भिडियोमा

प्रतिक्रिया