पूर्व अरनीको यातायात प्राली र सगरमाथा यातायात प्राली को समीकरण भएसँगै ओखलढुंगामा शाखा कार्यालय सञ्चालनमा

बेद प्रसाद घिमिरे २०८१ जेठ ११ गते ११:२१ मा प्रकाशित

पूर्व अरानीको यातायात प्रालीमा सुन्दर सगरमाथा यातायात प्राली समीकरण भयपछी ओखलढुङ्गा खोटाङ सोलु जिल्लाका दुर्गम गाउँहरूमा थप नियमित बस सेवा सञ्चालन भयको पूर्व अरानीको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीले आज ओखलढुंगा जिल्ला सदरमुकामा जिल्ला शाखा कार्यालय उद्घाटनको कार्यक्रममा बताउनुभएको छ।

ओखल्ढुगां शिद्विचरन नगरपालिकाको रमाइलो डाडामा अरनि यातायातको जिल्ला सखा कार्यलय उदघाटन गरेको छ । उद्घाटन कार्यक्रमको अध्यक्षता पुर्व अरनि यातायात प्रा.लि.का अध्यक्ष केदार क्षेत्री ,प्रमुख अतिथि पुर्व मन्त्रि कोशी प्रदेश सभा सदस्य प्रदिप कुमार सुनुवार ,विशेस अतिथि शिद्विचरन नगरपालिका नगर प्रमुख तेजन खनाल ,अतिथिहरु नेकपा एमाले जिल्ला सचिव असोक थापा ,नेकपा एस प्रदेस सदस्य शारदा निरैला ,नेकपा माओवादी केन्द्रका रुपेश शाक्य ,उद्योग वाणीज्य सघं ओखल्ढुगांका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्के , उद्योग वाणीज्य सघं उपाअध्यक्ष ओखल्ढुगां खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष पुर्ण कुमार श्रेष्ठ, शिद्विचरन नगरपालिका कार्यपालीका सदस्य अप्सरा कार्की ,समाजसेवी गुठी गैरीगाउका अध्यक्ष फडिन्द्र वहादुर खत्री ,जनसेवा गुठी रमाइलो डाडाका सानुवावु खड्का लगायत स्थानीयको वाक्लो उपस्थीतीका वीच अध्यक्ष, प्रमुख अतिथि, अतिथिहरुले रीवन काटेर ओखल्ढुगां शिद्विचरन नगरपालिकाको रमाइलो डाडामा अरनि यातायातको जिल्ला शाखा कार्यालय उद्घाटन गरेको हो । उद्घाटन कार्यक्रममा अरनीको यातायातले विगत ५१ वर्षदेखि नियमित विभिन्न दुर्गम जिल्लाहरूका ग्रामीण भेगहरूमा सुरक्षित नियमित सेवा दिँदै आएको छ सेवा विस्तार गर्ने क्रममा ओखलढुंगातर्फ घुर्मीवारि विगत केही समयदेखि सोलु सदरमुकाम सल्लेरी बजार ओखलढुङ्गाको रामपुर प्रप्चा श्रीचौर साथै चिशंखुगढी रुम्जाटारमा बस सेवा सञ्चालन भरहेको र ओखलढुंगा जिल्लाक खिजिदेम्बा गाउँपालिका लिखु गाउँपालिका चम्पादेवी गाउँपालिका मा बाटो विस्तार भएदेखि नै अरनीको यातायात प्रालीले सेवा लिँदै आएको र खोटाङ जिल्लाका विभिन्न दुर्गम ठाउँहरूमा पनि सगरमाथा यातायात प्राली मिल्न आएपछि सेवा विस्तार गरेका छौ खोटाङ हुँदै भोजपुरसम्म पनि नियमित सेवा विस्तार गरेको छौं। अन्य प्रतिस्पर्धामा रहेका बस व्यवसायहरूलाई राम्रो गुणस्तरीय सेवा दिनुपर्ने औंल्याउँदै पुर्व अरनि यातायात प्रा.लि.का अध्यक्ष केदार क्षेत्रीले कि राम्रो सेवा सुविधा दिनुस् कि हामी राम्रो सेवा सुविधा दिन्छौं सहकार्य गरेर जानु पर्ने बताउनुभएको छ। शिद्विचरन नगरपालिका नगर प्रमुख तेजन खनालले नियमित र भरपर्दो सेवा दिन आग्रह गर्नुभएको छ त्यसैगरी प्रदेश पूर्वमन्त्री प्रदिप कुमार सुनुवारले अरनीको यातायात पुरानो भरपर्दो र विश्वसनीय भएकोले समग्र ओखलढुङ्गा जिल्लालाई नियमित भरपर्दो सेवा दिनेमा विश्वास व्यक्त गर्नुभएको छ। साथै अन्य अतिथिहरूले बस सेवा नियमित सञ्चालन गर्नलाई आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभएको छ। ओखलढुंगा सदरमुकामबाट नियमित चारवटा बस काठमाडौँ जाने र ओखलढुङ्गा सदरमुकाम हुँदै चारवटा बस विभिन्न ग्रामीण भेगमा जाने गर्दथे भने अब ओखलढुंगा बाटा लाहन हुँदै बिराटनगसम्म सेवा बिस्तार गरेको ओखलढुङ्गा जिल्ला संयोजक गोपाल बस्नेतले जानकारी गराउनुभयोको छ । नियमित काठमाडौँबाट ओखलढुंगा जिल्लाका लागि १४ वटा बस जाने १४ वटा बस आउने साथै १४ ठाउँमा १४ वटा गाडी होल्ड बस्ने होल्ड बसेका गाडीले छोटो दुरीका यात्रुलाई गाउँ गाउँ पुर्‍याइदिने गरी सेवा दिएको कुरा काठमाडौँ चाबेल टिकट बुकिङ काउन्टरका इन्चार्ज वेदप्रसाद घिमिरेले बताउनुभएको छ। यस अरनिको यातायात प्रलीबाट नियमित सिन्धुपाल्चोक काभ्रेपलाञ्चोक दोलखा रामेछाप ओखलढुङ्गा जस्ता जिल्लाहरूका सम्पूर्ण ग्रामीण भेगमा विगत लामो समयदेखि सेवा दिँदै आएको र हाल आएर सेवा विस्तार गर्ने क्रममा सोलुको सल्लेरी खोटाङका विभिन्न ग्रामीण भेग भोजपुर झापा पाँचथर इलाम संखुवासभा तेह्रथुम रुकुम पश्चिम जस्ता ठाउँहरूमा सेवा विस्तार निरन्तर गर्दै आएको जानकारी दिएका छन्। घिमिरेले पहाडका ग्रामीण भेगमा प्रतिस्पर्धाका रूपमा गाडी सञ्चालन हुँदा धेरै रिक्स भएको अनुभव बताएका छन् पहाडका कच्ची बाटाहरूमा विस्तारो होसियारपूर्वक गाडी सन्चालन गनुपर्नेमा प्रतिस्पर्धा भएका ठाउँहरूमा तीव्र गति यात्रुहरू खोसाखोस गर्ने क्रममा प्रतिस्पर्धा भएकाले यात्रा जोखिमपूर्ण हुने भएकाले प्रतिस्पर्धाभन्दा सहकार्य गरेर सेवा विस्तार गर्नुपर्ने बताउनुभएको छ।

प्रतिक्रिया