हमासद्वारा बन्धक बनाईएका थप ३ शव फेला,कुनै अमेरिकी परेनन

इनेप्लिज २०८१ जेठ ११ गते ११:१८ मा प्रकाशित

हमासले बन्धक बनाएका थप ३ शव फेलाहरु फेला परेको एबिसीन्यूजले जनाएको छ ।

बन्धक परिवार मंच (फोरम)ले एक विज्ञप्ति जारी गर्दै तीन जना बन्धकको शव फेला पारेको पुष्टि गरेको छ ।

बन्धक परिवार मंचका अनुसार फेला पारिएका शवहरुमा मिशेल निसेनबम, हानान याब्लोन्का र ओरियन हर्नान्डेज राडोक्सको रहेको छ । तीन बन्धकहरू मध्ये कुनै पनि अमेरिकी थिएनन्।

अक्टोबर ७ मा हमास आतंककारीहरूले हत्या गरेका तीन बन्धकहरूको शव अब गाड्नका लागि इजरायल फिर्ता गरिएको छ।

प्रतिक्रिया