क्यानाडामा “ २५६८ औं बुध्द जयन्ती “ मनाईने

इनेप्लिज २०८१ जेठ ११ गते १:२२ मा प्रकाशित

वाशिंगटन डिसी – क्यानाडाको ग्रेटर टोरोन्टोमा बसोबास गर्ने नेपालीहरूले यही मे २६ तारिख आईतबारका दिन
“ २५६८ औं बुध्द जयन्ती “ मनाउने भएका छन् ।

टोरोन्टो शहरको दुन्दास स्क्वाएरमा आईतबार दिउंसो १२ बजे देखि बुध्द – नेपाल वर्ल्ड पिस प्याली , डा० कुंजर मणी शर्माको कविता बाचन र जलपानको कार्यक्रम रहेको “ कन्सर्न नेपाल , क्यानाडा “ का गोबिन्द सिवाकोटीले जानाकारी गराए ।

वाशिंगटन डिसीबाट क्यानाडा फ़ोन गरेर सोध्दा – कन्सर्न नेपाल क्यानाडाको संयोजनमा टोरोन्टो र टोरोन्टो आसपासका संपूर्ण नेपाली संघ , संस्थाहरूको सहभागितामा “ २५६८ औं बुध्द जयन्ती “ मनाउन लागिएको कुरा समाजसेवी गोबिन्द सिवाकोटीले जानाकारी गराए ।

प्रतिक्रिया