रुसले युक्रेनको प्रमुख शहर  खार्किभमा गरेको आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु , २३ जना घाईते

इनेप्लिज २०८१ जेठ १० गते १८:४१ मा प्रकाशित

रुसले युक्रेनको प्रमुख शहर खार्किभमा गरेको आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । 

बिहीबार रुसी क्षेप्यास्त्र आक्रमणको कारण खार्किभमा क्षेत्रीय राजधानीको छापाखाना सहित धेरै स्थानहरू ध्वस्त पारेको सिएनएनले जनाएको छ । क्रेमलिनको सेना अगाडि बढ्दै जाँदा सात जनाको मृत्यु भएको हो।

रुसी सेनाले युक्रेनमा कमजोर अॅग्रपॅक्ती फाइदा उठाएका छन् र विगत दुई हप्तादेखि खार्किभतर्फ अघि बढेका छन्।

क्षेत्रीय गभर्नर ओलेह सिनेहुबोभका अनुसार मृतकहरूमध्ये कम्तीमा पाँचजना महिला रहेका सातै जना क्षेत्रको राजधानी खार्किभ शहरमा रहेको फ्याक्टर-ड्रक प्रिन्टिङ कम्पनीमा( छापाखाना)मा काम गर्ने नागरिक थिए। 

छापाखानामा  १६ जना घाइते भएका छन भने अन्य क्षेत्रमा ७ जना घाईते भएका छन ।

प्रतिक्रिया