मेरो नयाँ प्रशासनको पहिलो दिन म सिमाना सीलबन्दी गर्नेछु, बाइडेनका गैरकानूनी विदेशीहरूलाई तिनीहरूको घर फर्काउनेछु : ट्रम्प

इनेप्लिज २०८१ जेठ १० गते ११:११ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव अभियानको प्रचार प्रसारको क्रममा सिमानाबाट छिरेका आप्रवासीहरुलाई देश निकाला गर्ने वाचा गरेका छन् । उनले यो अहिले मात्र गरेका हैन ,पटक पटक यस्ता जोशिला भाषण गर्दै आएका छन् । र ,यो चुनावको मुखमा अझ चर्को र बुलन्द आवाज उठाई रहेका छन् ।

उनले देश निकाला पनि बिगतमा नगरेको हैन । उनको कार्यकालमा सबै भन्दा न्यून आप्रवासीहरु अमेरिका आएको तथ्याङ्क छ । मेक्सिकोको पर्खाल पनि लगाए तर उनि दोश्रो पटक पराजित भएकोले उनको सपना पुरा हुन् सकेन । अब फेरी गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

“मेरो नयाँ प्रशासनको पहिलो दिन, म सिमाना सिलबन्दी अर्थात् सिल गर्नेछु, हाम्रो सिमानाबाट आउने मानिसहरूको आक्रमणलाई रोक्नेछु र जो बाइडेनका गैरकानूनी विदेशीहरूलाई तिनीहरूको घर फर्काउनेछु,” ट्रम्पले न्यु जर्सीको वाइल्डवुडमा भर्खरैको र्‍याली(जुलुस)मा भने।

उनले अगाडी भने “उनीहरूलाई घर पठाउनु पर्छ।” डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी(अमेरिकी गृह मन्त्रालय)को पछिल्लो अनुमान अनुसार अमेरिकामा करिब ११ लाख अनधिकृत आप्रवासीहरू बसिरहेका छन्।

अध्यागमन अधिवक्ता समूहको तथ्यांक अनुसार अमेरिकामा २२ मिलियन अर्थात् २ करोड २० लाख मानिसहरू मिश्रित-स्थितिको परिवारमा बस्छन् जहाँ कम्तिमा एक जना कागजातविहीन व्यक्ति अमेरिकी नागरिक, स्थायी आवासीय पत्र ग्रीन कार्ड धारक वा अन्य कानुनी बासिन्दाहरूसँग बस्छन्।

प्रतिक्रिया