अमेरिकाको आयोवा राज्यको ग्रीनफिल्डमा आएको घुम्रपात(टोर्नाडो)को कारण ४ जनाको मृत्यु, ३५ जना घाइते

इनेप्लिज २०८१ जेठ १० गते १०:४८ मा प्रकाशित

अमेरिकाको आयोवा राज्यको ग्रीनफिल्डमा आएको घुम्रपात(टोर्नाडो)को कारण ४ जनाको मृत्यु भएको छ । त्यस्तै घुम्रपात(टोर्नाडो) कारण ३५ घाइते जना घाइते भएको प्रहरीले जनाएको छ ।

घुम्रपात(टोर्नाडो)को प्रभाव ६ वटा राज्यमा परेको छ । आयोवामा खोज र उद्धार अभियान जारी रहेको गभर्नरले बुधबार बताए । ४ वटा राज्यहरुमा कम्तिमा २६ वटा घुम्रपात आएका छन् ।

आयोवाको ग्रीनफिल्ड शहरमा आएको शक्तिशाली घुम्रपातका कारण चार जनाको मृत्यु भएको छ भने कम्तीमा ३५ जना घाइते भएको राज्य प्रहरीले बुधबार घोषणा गरेको छ ।

आयोवाको एडेयर काउन्टीका अधिकारीहरूले ट्विस्टरको सानो शहर ग्रीनफिल्डमा आएको २४ घण्टापछि यो घोषणा गरेका हुन् । गम्भीर मौसमी घटनामा मारिएकाहरूको नाम र उमेर अहिले सार्वजनिक गरिएको छैन ।

गत २४ घण्टामा, आयोवा, नेब्रास्का, मिजौरी, ओक्लाहोमा, विस्कन्सिन र मिनेसोटामा घुम्रपातहरु आएका छन्। सुरुवात आयोवाबाट भएको थियो ।

राष्ट्रिय मौसम सेवाका अनुसार मङ्गलबार गम्भीर मौसमका कारण उत्पन्न भएको २६ मध्ये कम्तिमा २१ वटा घुम्रपातहरु बेलुकी ५:४४ बजे आयोवामा आइपुगेको थियो।

आयोवाका गभर्नर किम रेनोल्ड्सले बुधबार बिहान ग्रीनफिल्डमा आयोजित पत्रकार सम्मेलनमा भनिन “यो भयानक छ। तपाईहरुले वास्तवमा यो विनाश देख्न नसकेसम्म वर्णन गर्न गाह्रो छ।”

मङ्गलबारको गम्भीर मौसम घटनामा ग्रीनफिल्ड शहरको धेरै भाग समतल भएको उनले बताइन । ग्रीनफिल्डमा प्रहार गरेको घुम्रपात (टोर्नाडो)लाई राष्ट्रिय मौसम सेवाले एएफ-३ रूपमा पुष्टि गरेको छ । अधिकतम हावा गति १३५ माइल प्रतिघण्टा पुगेको थियो ।

अस्पतालहरु क्षति भएका छन् भने विज्ञप्ति अनुसार क्षतिको मूल्याङ्कन गर्न र भवन मर्मत गर्नका लागि हप्ता दिन सम्म अस्पताल बन्द रहनेछ। अस्पतालका अधिकारीहरुका अनुसार घुम्रपातको कारण कोही पनि कर्मचारी तथा बिरामीहरु घाइते भएका छैनन ।

प्रतिक्रिया