लण्डनबाट सिंगापुर उडेको सिङ्गापुरको बिमानसेवा गम्भीर हलचल(टर्बुलेन्स )मा पर्दा १ जनाको मृत्यु ,७१ जना घाइते

इनेप्लिज २०८१ जेठ ८ गते २३:४९ मा प्रकाशित

लण्डनबाट सिंगापुर उडेको सिङ्गापुरको बिमानसेवा गम्भीर हलचल(टर्बुलेन्स )मा पर्दा १ जनाको मृत्यु भएको छ भने ७१ जना यात्री घाइते भएका छन् ।

बोइङ ७७७-३०० इआर विमान बैंककतर्फ मोडिएको सिंगापुर एयरलाइन्स(बिमानसेवा)सामाजिक संजालको फेसबुक प्रकाशन (पोस्ट )गरिएको छ। जहाजमा २११ यात्रु र १८ चालक दलका सदस्य रहेको बताइएको छ ।

सुरुमा बिमानसेवाले मध्य-हवाई अवरोधमा ३० जना यात्रुहरू घाइते भएका र अस्पतालहरूमा उपचार भइरहेको बताएको थियो । अन्य यात्रुहरूले विमानस्थल बाहिर बिरामी हेरचाह गरिरहेको सिएनएनले जनाएको छ ।

मृत्यु हुने एक व्यक्ति ७३ वर्षीय बेलायती नागरिक जियोफ किचेन भएको पुष्टी भएको छ । “प्रारम्भिक अनुसन्धानले मृतकलाई मुटुको समस्या भएको देखाएको छ,” बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक किट्टीपोङ कित्तिकाचोर्नले मंगलबार भने । शव परीक्षण प्रक्रिया अझै जारी रहेको उनले बताए । बेलायती विदेश कार्यालयले सिएनएनलाई सिङ्गापुर बिमानसेवा (एयरलाइन्स)को उडानमा मृत्यु भएका बेलायती यात्रुको परिवारलाई सहयोग गरिरहेको बताएको छ।

उडान दिउँसो ३:४५ मा थाइल्याण्डको राजधानीमा अवतरण भएको थियो । आपतकालीन अवतरण गरिएको बिमानमा रहेका धेरै यात्रुको हात भाँचिएको तर धेरैजसोको हात काटिएको र धेरै चोटपटक लागेको छ ।

केही घाइते यात्रुहरूलाई नजिकैको समीतिज श्रीनाकरिन अस्पतालमा पठाइएको छ ]। झन्डै २०० यात्रुहरू आफ्नो गन्तव्यमा उडानको लागि पर्खिरहेका थिए। २११ मध्ये १३१ यात्रु बोकेको सिंगापुर बिमान पछि बैंककबाट सिंगापुरको लागि प्रस्थान गरेको छ ।

मलेसिया, बेलायत , न्यूजिल्याण्ड, स्पेन, अमेरिका र आयरल्यान्डका नागरिकसहित कम्तीमा ७१ जना घाइते भएको अस्पतालले गरेको अध्यावधिक (अपडेट)मा जनाएको छ । ६ जना गम्भिर घाइते भएको समेत महाप्रबन्धक जनाएका छन् ।

प्रतिक्रिया