प्रधानमन्त्री प्रचण्डलाई जङ्गलबाट राजनीतिमा ल्याउने नेपाली कांग्रेसै हो त्यो गुण प्रचण्डले बिर्सिनुभयो

बेद प्रसाद घिमिरे २०८१ जेठ ७ गते ११:२९ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डले संसद् बैठकमा नेपाली काँग्रेसलाई धम्क्याएपछि काँग्रेसले प्रधानमन्त्रीलाई विगतदेखि वर्तमानसम्म सहयोग नगरेको भए अहिले संसदमा बोल्ने अवस्था आउँदैन थियो भन्दै जवाफ फर्काएको छ  । प्रतिनिधिसभा बैठकमा काँग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीमाथि समितिले छानबिन गर्ने गरी संसदीय समितिलाई मान्यता दिनुपर्ने भन्दै प्रधानमन्त्रीले विश्वासको मत लिइरहेको संसद् बैठकमा अवरोध जनाएपछि प्रधानमन्त्री प्रचण्डले काँग्रेसलाई आगामी दिनमा ठुलो मूल्य चुकाउनुपर्ने भन्दै अभिव्यक्ति दिएपछि काँग्रेसले पनि जवाफ फर्काएको छ । 

 प्रधानमन्त्रीको जवाफपछि संसदीय दलको बैठकपछि काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डलाई जङ्गलबाट राजनीतिमा ल्याउने काँग्रेस भएको भन्दै काँग्रेसले लगाएको गुण बिर्सिएको बताउनु भयो  ।   सत्ता परिवर्तनका लागि हतियार उठाएर हिँडेको बेला शान्ति प्रक्रियामा तपाईँलाई कसले ल्यायो भन्दै लेखकले प्रधानमन्त्रीलाई जवाफ दिनुभएको छ 

नेपाली काँग्रेसलाई धम्क्याएर नडराउने भन्दै लेखकले के को मूल्य चुकाउनुपर्ने भन्दै प्रश्न गर्नुभयो । नेपाली काँग्रेसले सहकारीको समस्या देशको डर लाग्दो समस्या भएकाले सहकारीको रकम हिनामिना गर्ने रवि लामिछानेमाथि संसदीय समितिले छानबिन गर्नुपर्ने काँग्रेसको माग कायम राखेको जानकारी गराउनुभयो।

प्रतिक्रिया