फ्लोरिडामा विद्यार्थीको घाँटी थिचेर बच्चाको मुखमा थप्पड हानेको आरोपमा विद्यालयका प्राचार्य पक्राउ

इनेप्लिज २०८१ जेठ २ गते ११:३७ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यमा विद्यार्थीको घाँटी थिचेर बच्चाको मुखमा थप्पड हानेको आरोपमा विद्यालयका प्राचार्य(प्रिन्सिपल) लाई पक्राउ गरिएको छ ।

एक विद्यालयका प्राचार्य (प्रिन्सिपल )बाल दुर्व्यवहार र १३ वर्ष मुनिका बालबालिकालाई झूटो थुनामा राखेको अभियोगमा एक विद्यार्थीलाई आफ्नो इच्छाविपरीत एक घण्टाभन्दा बढी समयसम्म वशमा राखेर शारिरीक आक्रमण गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटना गत शुक्रबार डेस्टिनी लिडरशिप एकेडेमीमा भएको थियो। उक्त बिद्यालय ओकाला फ्लोरिडाको एक निजी विद्यालय हो ।

अनुसन्धानको क्रममा कक्षाकोठाबाट निगरानी तस्बिर र श्रब्य दृश्य समेत प्राप्त गरिएको थियो । ३३ वर्षीय डोन्टे अकीम प्रोफेटलाई हिरासतमा लिइएको मेरियन काउन्टी शेरिफको कार्यालयले जनाएको छ ।

बच्चाको पहिचान, अवस्था र उमेर प्रहरी अधिकारीहरूले नखुलाएको एबिसीन्यूजले जनाएको छ । घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको छ

प्रतिक्रिया