अमेरिकाको लुजियाना र मिसिसिपीमा आएको घुम्रपात( टोर्नाडो) बाट गर्भवती महिला सहित ३ जनाको मृत्यु

इनेप्लिज २०८१ जेठ २ गते ०:३९ मा प्रकाशित

अमेरिकाको लुजियाना र मिसिसिपीमा आएको घुम्रपात( टोर्नाडो)बाट गर्भवती महिला सहित ३ जनाको मृत्यु भएको छ । अमेरिकाको दक्षिणी क्षेत्रमा आँधीबेरीको कारण जनधनको क्षती पुगेको छ ।

लुजियानामा तीन जनाको आँधी-सम्बन्धित मृत्युको पुष्टी भएको छ भने मिसिसिपी १ जनाको ज्यान गएको समाचारमा उल्लेख गरिएको छ । दक्षिणमा आएको भीषण आँधीका कारण नौ महिनाको गर्भवती महिलाको समेत मृत्यु भएको छ ।

एबिसीन्यूजका अनुसार वेस्ट ब्याटन रुज पेरिसको पोर्ट एलेनमा रहेको घुम्ती (मोबाइल )घरमा रुख खस्दा गर्भवती महिलाको मृत्यु भएको लुजियानाको स्वास्थ्य विभागले मंगलबार बताएको छ । उनको पेटमा रहेको बच्चा बाँच्न सकेन र यसलाई आँधी-सम्बन्धित मृत्युको रूपमा गणना गरिएको स्वास्थ्य विभागले उल्लेख गरेको छ ।

वेस्ट ब्याटन रुज शेरिफको कार्यालयले ती महिलालाई ३१ वर्षीया क्रिस्टिन ब्राउनिङ भएको पुष्टि गरेको छ । घुम्ती (मोबाइल )घरको भग्नावशेषबाट उद्धार गरिएका एक पुरुष र ५ वर्षीय बालकलाई हल्कादेखि मध्यम चोटपटक लागेका स्थानीय अस्पतालमा लगिएको शेरिफको कार्यालयले जनाएको छ ।

सेन्ट मार्टिन पेरिसको सेसिलियामा तेस्रो व्यक्ति आँधीको कारण मृत्यु भएको जनाईएको छ । गत सोमबार उच्च हावाका कारण शिविरक (क्याम्पर )पल्टिएपछि एक महिलाको मृत्यु भएको लुजियाना स्वास्थ्य विभागले बताएको छ ।

उक्त क्षेत्रमा धेरै घुम्रपात( टोर्नाडो)को चेतावनी जारी गरिएको थियो। राष्ट्रिय मौसम सेवाले सोमबार लुजि यानामा तीनवटा घुम्रपात( टोर्नाडो) आएको पुष्टि गरेको छ ।

यसैबीच मिसिसिपीमा विल्किन्सन काउन्टीमा आइतवारदेखि सोमबारसम्म गम्भीर मौसमले गर्दा एक व्यक्तिको मृत्यु भएको मिसिसिपी आपतकालीन व्यवस्थापन संस्थाले जनाएको छ ।

लरेन्स काउन्टीमा एक व्यक्ति पनि घाइते भएका छन् । जेफरसन डेभिस, लिंकन र स्मिथ काउन्टीहरूमा धेरै घरहरू क्षतिग्रस्त भएका छन्।

प्रतिक्रिया