स्थापना दिवसको अवसरमा युवा संघले गर्यो सामाजिक कार्य

वीरेन्द्र रावल २०८१ जेठ १ गते २१:४१ मा प्रकाशित

धनगढी, कैलाली जेष्ठ १। नेकपा एमालेृ निकट राष्टिय युवा संघ नेपालले देश व्यापी रुपमा सोमबार ६० औं ूथापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा युवा संघ नेपाल कैलालीले पनि कैलालीका विभिन्न स्थानहरुमा रचनात्मक गतिविधीहरु गरेर स्थापना दिवस मनाएको हो ।

आन्दोलन,चक्का जाम र नाराजुलुश मात्र पनि नभएर विभिन्न सामाजिक कार्य र गतिविधि गर्दै जनताको मन जित्दै आईरहेको युवा संघ कैलालीले धनढी स्थित शिवपुरी मन्दीमा सरसफाई गर्ने कार्य सम्पन्न गरेको कुरा युवा संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष अरुण कुँवरले जानकारी दिएका छन् ।

सुदूरपश्चिमको धार्मिक पर्यटनको सम्भावना बोकेको शिवपुरी धामको परिसरमा सरसफाई गर्ने कार्य सम्पन्न गरेको समेत प्रदेश अध्यक्ष कुँवरले बताएका छन् । यस्तै सोही अवसरमा कैलाली जिल्ला कमिटीको आयोजनामा बर्दगोरिया गाउँपालिकामा रहेका सहारा घरमा आश्रित अनाथ, टुहुरा र सहारा विहीनहरुलाई भोजन गराउने र खाद्यान्न वितरण गर्ने कार्य पनि सोही अवसरमा गरेको कुरा राष्टिय युवा संघ कैलालीका अध्यक्ष लक्षण थापा बताएका छन् ।

युवा संघले दिन दुखी असहायका लागि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको विगतको कार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने कुरा प्रदेश अध्यक्ष अरुण कुँवरले बताएका छन् ।

यस्तै युवा संघले विगतका दिनहरुमा भुकम्प पिडित, बाढी पहिरो पिडित लागयतका क्षेत्रमा समेत उदाहरणीय कार्य गरेर जनताको मन जित्ने र समाज सेवामा लाग्न पर्दछ भन्े सन्देश युवा हरुमा दिदै आएको कुरा प्रदेश अध्यक्ष कुँवरले बताएका छन् ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया