न्यूयोर्क शहरमा घरबारविहीन मानिसहरूमाथि चक्कु प्रहार गर्ने व्यक्तिलाई २५ वर्ष कारागार सजाय

इनेप्लिज २०८१ वैशाख २७ गते २३:५९ मा प्रकाशित

न्यूयोर्क शहरमा घरबारविहीन मानिसहरूमाथि चक्कु प्रहार गर्ने एक ४२ वर्षीय व्यक्तिलाई २५ वर्षको कारागार सजाय सुनाइएको छ ।

उनले आक्रमण गर्दा २०२२ को गर्मीमा एक जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएका थिए।

ट्रेभोन मर्फी नामक उक्त व्यक्तिले २०२२ जनवरी महिनामा बाहिर सुतिरहेका तीन पुरुषमाथि आक्रमणको लागि दोस्रो श्रेणीको हत्याको एक गणना र दोस्रो-श्रेणीको हत्याको प्रयासको दुई गणनामा दोषी ठहर गरिएको छ । उनले आफू दोषी भएको स्विकार गरे ।

पहिलो आक्रमण जुलाई ५, २०२२ मा भएको थियो। मर्फीले हडसन रिभर पार्क (उद्यान )भित्र सुतिरहेका एक व्यक्तिलाई बिहान ३ बजेको छुरा प्रहार गरेका थिए ।

अर्को आक्रमण जुलाई ९ मा म्यानह्याटनको एक बेन्चमा सुतिरहेको एक व्यक्तिको छेउमा बसे र उनलाई ठूलो चक्कुले प्रहार गरी घटनास्थलबाट भाग्नु अघि २० मिनेटसम्म हेरेको जिल्ला वकीलले बताए ।

अन्तिम आक्रमण जुलाई ११ मा बिहान ३:३० बजे भएको थियो । मर्फीले म्यानह्याटन को पूर्विय क्षेत्र वरपर बास्केटबल मैदानमा सुतिरहेका एक व्यक्तिलाई छुरा प्रहार गरेका थिए ।

प्रतिक्रिया