१९७४ एडी ब्याण्डले अमेरिकामा सांगीतिक प्रस्तुति गर्दै

इनेप्लिज २०८१ वैशाख २७ गते ९:४७ मा प्रकाशित

यो मन त मेरो नेपाली हो यो गीत तपाइले सुन्नु नै भएको होला । बषौँ अगाडी १९७४ एडी ब्याण्डले गाएको उक्त गीत हरेक नेपालीको मन मतिष्कमा गुन्जिरहने गीत हो । २२ बर्ष पछि फेरि अमेरिकामा यो गीत घन्किने भएको छ । १९७४ एडी ब्याण्डले अमेरिका विभिन्न शहरमा सांगीतिक प्रस्तुति दिने भएको छ । आहा प्रोडक्सनले आयोजना गर्ने उक्त कार्यक्रममा १९७४ एडीका सम्पूर्ण पुराना कलाकारहरुले २२ बर्ष पछि एकैसाथ सांगीतिक प्रस्तुति दिन लागेका हुन् ।

अमेरिकाको सांगीतिक यात्रामा १९७४ एडीका सबै सङ्गीत मण्डलका ६ जना चर्चित कलाकारहरुको बेजोड प्रस्तुति हुने आहा प्रोडक्सन अध्यक्ष अनिल सायमीले बताएका छन् । उनले दुई दशक भन्दा बढी समय पछि १९७४ एडी ब्याण्डका सम्पूर्ण टोली सदस्यहरु एक जुट भै अमेरिकाका बिभिन्न राज्यहरुमा प्रस्तुति दिन लागेको बताएका छन् ।

१९७४ एडीले मे ११ मा मिनिसोटा बाट आफ्नो सांगीतिकयात्राको थालनी गर्नेछ । चर्चित कलाकारहरु फिरोज स्याङ्गडेन ,एड्रियन प्रधान , संजय श्रेष्ठ ,मनोज केसी ,मनोस सिंह तथा निराकार याक्तुम्बाले आफ्ना सर्वकालिन गीतहरु घन्काउने आहा प्रोडक्सनका सस्थापक उज्वल सिंहले जानकारी गराएका छन् । १९७४ एडी ब्याण्डको कार्यक्रम अविस्मरणिय हुने आशा लिएको पनि उनले बताएका छन् ।

१९७४ एडी ब्याण्डको अमेरिकामा हुने सांगीतिक कार्यक्रमको मिडिया पार्टनरमा युयस खबर रहने छ । अमेरिकाका विभिन्न शहर मिनिसोटा, सान फ्रान्सिस्को, सिकागो, डालस, भर्जिनिया, सियाटलमा १९७४ एडी ब्याण्डले आफ्नो दमदार प्रस्तुती दिने छन् ।

१९७४ एडीका कालजयी गीतहरु मन पराउने नेपालीहरु यत्र तत्र सर्वत्र भेटिन्छन । अमेरिकामा पनि १९७४ एडीका गीत मन पराउने नेपालीहरुको ठुलो जमात रहेको छ । आहा प्रोडक्सनले आयोजना गरेको सांगीतिक कार्यक्रम मे ११ मिनिसोटा बाट सुरु हुने छ । यस्तै सान फ्रान्सिस्कोमा मे १८, सिकागोमा मे १९, डालसमा मे २५, भर्जिनियामा जुन १ र सियाटलमा जुन ५ मा कार्यक्रम हुने तालिका रहेको छ ।

नेपाली रक ब्याण्ड १९७४ एडीले स्थापनाको ३० औं वर्षगाँठ मनाउन अमेरिकामा सांगीतिक प्रस्तुति दिने भएको हो । दुई दशकपछि मूल लाइनअपलाई लिएर यो ब्यान्डले अमेरिका प्रस्तुती दिन लागेको हो ।

मुलुककै सर्वाधिक लोकप्रिय सांगीतिक समुह हो १९७४ एडी । यो सांगीतिक समूहसँग दुई भोकलिस्ट फिरोज स्याङ्देन र एड्रियन प्रधान छन् । दुबैको आवाज उत्तिकै गहकिलो छ ।नेपाली रक ब्याण्ड १९७४ एडीका ‘परेलीमा लुकाइ राख न ।’ ‘चौबन्दी चोली र फूलबुट्टे साडीमा’, ‘गुराँसै फूल्यो बनैमा ’ सम्झी बस्छु, शताब्दी, जंगी निशान, पिंजडाको सुँगा, अन एयर, हजार सपना लगायत लोकप्रिय एल्बमहरु निकै लोकिप्रिय छन् ।

प्रतिक्रिया